शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बडीमालिका नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • बिहिबार, साउन ३२, २०८०
बडीमालिका नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिकाले चालु आर्थिक २०७९/०८० मा गरेका कामहरुको सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाद्धारा प्रवाह गरिएका सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरीएको हो । बडीमालिका नगरपालिका र मुख्यमन्त्री प्रबद्धन कार्यक्रमको सयुक्त रुपमा सार्बजनिक सुनावाई कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशाशकीय अधिकृत रंगमल विकले नगरपालिकाका नीति, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रकृया, प्राप्त उपलब्धीहरुको बारेमा नगरबासी तथा सरोकारवाला निकायलाई जानकारी गराएका थिए ।
त्यस्तै नगरपालिकाद्वारा प्रवाह गरिने सेवा प्रवाहलाई थप सुदृढ बनाउन आवश्यक सुझाव सल्लाह लिई सुधार गने, र अपेक्षित उद्देश्य प्राप्तिको सुनिश्चितता गर्न जनप्रतिनिधी र कर्मचारीलाई थप जिम्मेवार बनाउने विकले बताएका थिए । कार्यक्रममा विषयबस्तु प्रस्तुतिकरण वहिर्गमन अभिमत र नागरिक प्रतिवेदनका आधारमा सहभागीहरुलाई एमडी आभाष मल्टिमिडिया हाउसका संचालक मदन राज जैशीले सहजीकरण गरेका थिए ।

No description available.

स्थानिय स्तरबाट उठेका प्रश्नको उत्तर नगर उप प्रमुख नन्दा थापा, प्रमुख प्रशासकिय अधिकृत रंगमल विक र नगर प्रबक्ता धर्मराज पाध्यायले दिएका थिए । नगरले गरेका समग्र कामहरुमा नागरिकको सन्तुष्टी तथा नागरिकहरुका गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका उपप्रमुख नन्दा थापाले बताएकी छन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले नगरपालिकाका भए गरेका उपलव्धीहरुलाई साविकको भन्दा राम्रो बनाउन सुझाव दिएका छन । बडीमालिका नगरपालिका नगर उप प्रमुख नन्दा थापा, नगर प्रबक्ता धर्मराज पाध्याय र प्रमुख प्रशासकिय अधिकृत मुख्य बक्ताका रुपमा रहेका थिए भने सबै वडाका वडाअध्यक्ष कार्यपालिका सदस्य र संबन्धीत शाखा प्रमुखहरु सहायक बक्ताका रुपमा रहेर सार्बजनिक सुनुवाइ गरिएको थियो ।
सार्बजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाका स्थानीय, जनप्रतिनिधि, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी पत्रकारहरु लगायत एक सय बढीको सहभागिता रहेको थियो । कार्यक्रम नगरपालिकाको सभाहलमा संचालन गरिएको थियो ।

बडिमालिका नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल बिकले बताए ।

कार्यक्रमका सहभागीले नगरपालिकाको समग्र विकासका लागी निरन्तर लाग्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार