सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पश्चिम अफ्रिकाको केपवर्डेमा डुंगा दुर्घटना, ६० जनाको मृत्यु

पश्चिम अफ्रिकाको केपवर्डेमा डुंगा दुर्घटना, ६० जनाको मृत्यु

  • बिहिबार, साउन ३२, २०८०
पश्चिम अफ्रिकाको केपवर्डेमा डुंगा दुर्घटना, ६० जनाको मृत्यु

एजेन्सी– पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासी चढेको डुंगा पल्टिँदा पानीमा डुबेर ६० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार उक्त दुर्घटनामा बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ । १ सय जना बोकेको डुंगा केपवर्डे नजिक आन्द्र महासागरमा पल्टिएको थियो ।

दुर्घटनामा पर्नेहरु सेनेगल र सिएरालियोनका नागरिक भएको जनाइएको छ । अन्टार्टिका नजिकको समुद्री तटमा सोमबार डुंगा दुर्घटना भएको अनुमान गरिएको छ ।

स्पेनिसहरुको माछा मार्ने टोलीले दुर्घटना भएको थाहा पाएपछि उद्धार तथा खोजी सुुरु गरिएको थियो । उक्त समुद्री मार्ग हुँदै युरोप जाने क्रममा गत वर्ष मात्रै ५ सय ६० जनाको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार