आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • स्वास्थ्य केन्द्रकै गेटमा बुढिनन्दाका प्रमुख प्रशासकियको औषधी पसल

स्वास्थ्य केन्द्रकै गेटमा बुढिनन्दाका प्रमुख प्रशासकियको औषधी पसल

  • बुधबार, साउन ३१, २०८०
स्वास्थ्य केन्द्रकै गेटमा बुढिनन्दाका प्रमुख प्रशासकियको औषधी पसल

बाजुरा– कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको गेटमा बुढिनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष शाहको औषधि पसल सञ्चालनमा रहेको छ ।

बर्षौ देखी स्वास्थ्य केन्द्रको गेटमै शाहले औषधि पसल सञ्चालन गरिरहेका छन् । उनले संचालन गरेको पसलको जग्गा पनि सार्वजनिक रहेको छ । स्वास्थ्य संस्थाबाट औषधी पसल तिन सय मिटर टाढा हुनुपर्ने सरकारी ब्यबस्था भए पनि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको गेटमै मेडीकल सञ्चालनमा रहेको छ ।

निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत शाहले लामो समयदेखी सञ्चालन गर्दै आएको मेडीकल भएको ठाउँ पनि आयुर्बेद स्वास्थ्य केन्द्रको नाममा रहेकाे सरकारी जमिन रहेको स्थानियले बताएका छन । सरकारी नियमानुसार सरकारी स्वास्थ्य संस्थाबाट मेडीकल ३ सय मिटर टाढा राख्नुपर्ने ब्यबस्था भएको भएपनि बुढिनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भने गेटमै मेडीकल सञ्चालन गरि बसेका छन ।

शाह आयुर्बेद स्वास्थ्य केन्द्रका कर्मचारी रहेपनि हाल बुढिनन्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेका छन ।आफु निमित्त प्रमुख प्रशासकिय अधिकृत छन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सञ्चालन गर्नमा पहल गर्नुको साटो गेटमै औषधि पसल सञ्चालन गरिरहेका छन् ।

पटक पटक हटाउनुपर्ने जनगुनासो आइरहे पनि उनि राजनितिक संरक्षण र केही स्थानियको आडमा सरकारी जग्गा कब्जा गरेर लामो समय देखि औषधिको कारोबार गरिरहेका छन् । बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले भने आफु काठमाण्डौ रहेको र नगरपालिका पुगेपछी तत्तकाल हटाउन लगाउने बडिमालिका खवरलाइ बताएका छन ।

कतिपय कामहरु सरल हुने भए पनि त्यसको ढिलाइ भएकोले तत्काल समाधानको बाटोमा जानेमा कुनै स‌ंका नरहेकाे नगर प्रमुख बोहराले बताए । उनले भने पहिले नै त्यो समाधान हुनसक्ने थियो बिचमा नगरपालिकाका अन्य कामहरु भएकोले ढिलाइ भएको र अव तत्काल समस्या समाधान गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार