आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • रुसमा पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

रुसमा पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

  • मङ्लबार, साउन ३०, २०८०
रुसमा पेट्रोल पम्पमा आगलागी हुँदा १२ जनाको मृत्यु

रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो । बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । केही गम्भीर घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

विष्फोटको कारण खुलेको छैन । स्थानीय सञ्चार माध्यमहरुले पेट्रोल पम्प नजिकै पार्किङ गरेको कारबाट आगलागी सुरु भएको पछि विष्फोट भएको जनाएका छन् । स्थानीय समयअनुसार राति ९ः४० बजेति सुरु भएको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरुलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

चर्चामा

सम्बन्धित समाचार