आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

  • आइतवार, साउन २८, २०८०
राजस्थानमा बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

राजस्थान — राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन् । उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए ।

सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियोे । सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बाङ्गर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन् ।

यसअघि शनिबार अपराह्न राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बिएसएफ)का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । रासस

चर्चामा

सम्बन्धित समाचार