• होमपेज
  • देश
  • धनगढीका खेलाडी चकबल च्याम्पियनसिपमा भाग लिन ताईवान जाने

धनगढीका खेलाडी चकबल च्याम्पियनसिपमा भाग लिन ताईवान जाने

  • आइतवार, साउन २८, २०८०
धनगढीका खेलाडी चकबल च्याम्पियनसिपमा भाग लिन ताईवान जाने

धनगढी — चकबल प्रतियोगितामा भाग लिन १२ जना खेलाडी ताइवान जाने भएका छन् । भदौ १ गतेदेखि ताइवानको राजधानी ताइपेइमा हुने दोस्रो एसिया प्रशान्त बिच (समुद्रको किनार) चकबल च्याम्पियनसिपमा भाग लिन १५ वर्ष मुनिका १२ जना खेलाडीको टोली ताइवान जान लागेका हुन्।

नेपाल, भारत, मलेसिया, हङकङ, ताइवान र सिङ्गापुरलगायतका ९ देशको सहभागिता रहने च्याम्पियनसिपमा भाग लिन नेपालबाट यो वर्ष नन्दिनाज एकेडेमीका खेलाडी छनोट भएका हुन्। तीन दिनसम्म हुने अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भाग लिन जान लागेका खेलाडी र व्यवस्थापकको टिमलाई एक समारोहकाबीच सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बिदाइ गरे ।

सामाजिक विकास मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री साउँदले खेलाडीहरूलाई जितको शुभकामना दिँदै राष्ट्रको नाम राख्न र देशको पहिचान बनाएर आउन आग्रह गरेका छन्।

बालुवामा खेलिने चकबल च्याम्पियनसिपमा भाग लिन ५ छात्रा र ७ जना छात्रटोली ताइवान जान लागेको नन्दिनाज एकेडेमीका प्रबन्ध निर्देशक महेश बिष्टले बताए ।

चकबल च्याम्पियनसिपमा भाग लिन रोजन शाही, आशिष खडका, कर्णवीर बिष्ट, मोहम्मद ओइस आलम, प्रतीकसिंह टेर, सात्विक ठाकुर, प्रिन्स बाइक, वर्षा बिष्ट, दिव्या नेपाली, स्मारिका सिजापती र निष्ठा भट्ट छनोट भएका हुन्।

चर्चामा

सम्बन्धित समाचार