बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी

कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी

  • शनिबार, साउन २७, २०८०
कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी

संखुवासभा — जिल्ला कारागारमा भएको दुई कैदी मृत्यु प्रकरणमा मृतकका आफन्तले कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दर्ता गराएका हुन्।

जिल्ला कारागार संखुवासभामा दुई कैदीको कुटपिटबाट मृत्यु भएको थियो। कुटपिटबाट संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो।

मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मीलगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जनाए ।

कुटपिटबाट मादी–५ का तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी –७ का बलामीको बुधबार मृत्यु भएपछि पीडित पक्षले शवको पोस्टमार्टम नगरी विरोध गर्दै आएका थिए।

पीडित पक्षले शव हेर्दा रडले कुटपिट गरेको, शरीरभरी निलडाम भएको, हत्या भएको आधार देखिएपछि कारागार प्रमुख र कारागारका सुरक्षाकर्मीविरूद्ध जाहेरी दिने प्रयास गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार