बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • ‘मेरो भ्वाईस यूनिर्भस र डान्स’ को ग्रान्ड फिनाले भदौं २ गते हुने

‘मेरो भ्वाईस यूनिर्भस र डान्स’ को ग्रान्ड फिनाले भदौं २ गते हुने

  • शुक्रबार, साउन २६, २०८०
‘मेरो भ्वाईस यूनिर्भस र डान्स’ को ग्रान्ड फिनाले भदौं २ गते हुने

नेपालको सबैभन्दा ठूलो धनराशी पुरस्कार भएको दुई रियालिटी सो मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भसको ग्रान्ड फिनाले आउँदो भदौं २ गते हुने भएको छ ।

बिहिवार टोखास्थित सुटिङ स्टूडियोमा आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै ग्रान्ड फिनाले ललितपुरको गोदावारी स्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा बेलुकी पाँच बजेदेखि गर्न लागेको जानकारी दिएको छ ।

कार्यक्रममा मेरो भ्वाईस यूनिर्भस तर्फ छनौट भएका उत्कृष्ट पाँच प्रतियोगिको र डान्स तर्फको उत्कृष्ट ६ प्रतियोगीको परिचय समेत गराईएको थियो ।

३० एपिसोड सम्म प्रसारण भईसकेको मेरो भ्वाईसको टप फाईभमा सिक्कमबाट शिशिर ठटाल र प्रितम राई पर्न सफल भएका छन भने दार्जेलिङबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाई परेका छन् ।

त्यसैगरी मेरो डान्स यूनिभर्स तर्फ मिङा डि लेप्चा सिक्किम, खुसी कार्की थाईल्याण्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर, साजन गुरुङ तथा स्वस्तिक अर्याल मध्ये पाँच जनाबीच अन्तिम प्रतिष्पर्धा हुनेछ । यि दुवै रियालिटी शोमा प्रमुख बिजेताले १ करोड पाउँनेछन भने उप– विजेताले ३० लाख र तेश्रो हुनेले २० पुरस्कार पाउँनेछन ।

चर्चामा

सम्बन्धित समाचार