• होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकाको हवाईस्थित टापुमा फैलिएको डढेलोबाट ५३ जनाको मृत्यु

अमेरिकाको हवाईस्थित टापुमा फैलिएको डढेलोबाट ५३ जनाको मृत्यु

  • शुक्रबार, साउन २६, २०८०
अमेरिकाको हवाईस्थित टापुमा फैलिएको डढेलोबाट ५३ जनाको मृत्यु

 अमेरिकाको हवाईस्थित पर्यटकीय टापु मावीमा फैलिएको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

मृतकको सङ्ख्या थप बढ्न सक्ने राज्यका गभर्नर जोश ग्रीनले चेतावनी दिएका छन् । डढेलोले सबैभन्दा बढी क्षति मुख्य र ऐतिहासिक सहर लाहैनामा पारेको छ । लाहैनाका १७ सय घरहरूमा पूर्णरुपमा क्षति भएको र सहरको करिब ८० प्रतिशत भाग ध्वस्त भएको गभर्नरले जानकारी दिएका छन् ।

राष्ट्रपति जो बाइडनले हवाईमा प्रमुख विपत्तिको घोषणा गर्दै प्रभावित क्षेत्रमा संघीय सहयोग पुर्‍याउन आदेश दिएका छन् ।

विनाश मच्चाउने मुख्य डढेलो असी प्रतिशत नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् । दोस्रो र तेस्रो डढेलो नियन्त्रणका लागि पनि प्रयास जारी छ ।

मंगलबारबाट शुरु भएको डढेलो समुद्री आँधी डोराको प्रभावले चलेको तीव्र वेगको हावाका कारण द्रुत गतिमा फैलिएको थियो । हजारौँ मानिसको उद्धार गरी अस्थायी शिविरमा राखिएको छ ।

डढेलोले लाहैनामा रहेको एक सय पचास वर्ष पुरानो बरको रुख नढलेको तर दुई सय वर्ष पुरानो चर्च भने ध्वस्त भएको जनाइएको छ । आकर्षक गन्तव्य लाहैना सहरमा बर्सेनि २० लाखभन्दा बढी पर्यटक पुग्ने गर्दथे ।

चर्चामा

सम्बन्धित समाचार