• होमपेज
  • देश
  • अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु

अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु

  • शुक्रबार, साउन २६, २०८०
अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु

अछाम — अछाममा माहुरीले टोकेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका ७२ वर्षीय टेकबहादुर कुँवरको बिहीवार मृत्यु भएको हो। कुँवर बाख्रा चराउन जंगल गएका बेला मौरीले टोकेको थियो।

माहुरीले टोकेर गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार