सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • सुदूरपश्चिमका एक हजार पाँच सय ३७ परिवार विस्थापित

सुदूरपश्चिमका एक हजार पाँच सय ३७ परिवार विस्थापित

  • शुक्रबार, साउन २६, २०८०
सुदूरपश्चिमका एक हजार पाँच सय ३७ परिवार विस्थापित

सुदूरपश्चिम प्रदेशमा एक हजार पाँच सय ३७ परिवार विस्थापित भएका छन्। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्राकृतिक विपद्बाबाट उक्त संख्यामा परिवार विस्थापित भएका हुन्।

प्रदेश सरकारको तथ्याँक अनुसार बिहिवारसम्म प्रदेशका तीन हजार चार सय एक परिवार प्रभावित भएका छन्। एक सय पाँच सय ३७ परिवार विस्थापित भएका हुन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ।
सुदूरपश्चिमका चार सय ९७ घरमा क्षति भएको छ। प्रदेशका १६ वटा घरमा पूर्ण क्षति भएको छ। चार सय ८१ घरहरुमा आंशिक क्षति भएको प्रदेश सरकारले जनाएको छ। जम्मा चार सय ९७ घरमा क्षति भएको हो। सुदूरपश्चिममा बाढी, पहिरो र डुबनका कारण नागरिक प्रभावित भएका हुन्।
प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०७९ वैशाखदेखि २०८० असार मसान्तसम्म बाढी, पहिरो, चट्याङलगायतका विपतबाट ८५ जनाको ज्यान गएको छ। ३४ पुरुष र ५१ जना महिलाको ज्यान गएको हो। त्यस्ता घटनामा परेर १०२ पुरुष र ११६ महिला गरी २१८ जना घाइते भएको जनाइएको छ।

पहिरोमा परेर २८, चट्याङ लागेर १४ जनाले ज्यान गुमाएका छन्। हिमपहिरोमा परेर नौ, बाढीमा आठ, भूकम्पमा सात जनाले ज्यान गुमाएका छन्। त्यस्तै, आगलागीमा छ, जनावर आतङ्कमा छ, सर्पदंशबाट चार जनाले ज्यान गुमाएका छन्। हावाहुरी, भारी वर्षा र अन्य कारणले एक–एक जनाले ज्यान गुमाएका छन। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार