मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • संसदकाे अवरोध हट्यो, गृहमन्त्रीले जवाफ दिने

संसदकाे अवरोध हट्यो, गृहमन्त्रीले जवाफ दिने

  • मङ्लबार, साउन २३, २०८०
संसदकाे अवरोध हट्यो, गृहमन्त्रीले जवाफ दिने

काठमाडौँ — प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ । बैठक बस्नुपूर्व सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा सभा सुचारु गर्ने विषयमा सहमति जुटेको हो ।

बैठकको सुरुमा दलीय आधारमा एक–एक जनाले आकस्मिक समय प्रयोग गर्ने सहमति भएको छ । त्यसपछि गृहमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने सहमति बनेको सभामुखको सचिवालयले जनाएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा सभामुखसँगको छलफलका क्रममा सत्तापक्ष प्रमुख सचेतकहरुले संसद् बैठकमा प्रतिपक्षले गृहमन्त्रीको जवाफ सुन्नुपर्ने बताएका थिए ।

बैठकपछि रातोपाटीसँग कुरा गर्दै जसपाका प्रमुख सचेतक प्रदीप यादवले भने,‘बैठकमा सत्तापक्षबाट गृहमन्त्रीको जवाफ सुन्न प्रमुख प्रतिपक्षलाई आग्रह गर्ने काम भयो । एमालेले गृहमन्त्रीको जवाफ सुन्ने, चित्त नबुझेमा आफ्नो प्रक्रिया सुरु गर्ने बताएको छ ।

संसद् कसरी चलाउने हो स्वविवेक प्रयोग गर्न हामीले सभामुखलाई भनेका छौँ । सुरुमा दलीय आधारमा कुरा राख्ने र पछि गृहमन्त्रीले जवाफ दिने कुरा भएको छ ।’

संसद्को गतिरोध अन्त्य गर्नका लागि बिहान बालुवाटारमा सभामुखसहित प्रमुख नेताहरुको बैठक बिना सहमति टुङिगएको थियो । दिउँसो ३ बजेका लागि बोलाइएको आजको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार