सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • दलहरूबीच संसदीय समिति सभापतिको भागबण्डा मिल्यो

दलहरूबीच संसदीय समिति सभापतिको भागबण्डा मिल्यो

  • सोमवार, साउन २२, २०८०
दलहरूबीच संसदीय समिति सभापतिको भागबण्डा मिल्यो
फाइल फाेटाे

काठमाडौँ– मुख्य दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ ।

सिंहदरबारमा आज बसेको सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो ।

जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक–एक संसदीय समिति परेको छ ।

योसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपालाई भने संसदीय समिति सभापति नपाउने भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार