• होमपेज
  • बडिमालिका
  • आर्थिक अभाबमा उपचार गर्न नसकेकि सुस्मिताले पाइन् उपचार

आर्थिक अभाबमा उपचार गर्न नसकेकि सुस्मिताले पाइन् उपचार

  • आइतवार, साउन २१, २०८०
आर्थिक अभाबमा उपचार गर्न नसकेकि सुस्मिताले पाइन् उपचार
बाजुरा—बडिमालिका नगरपालिका ७ बस्ने राम बहादुर दमाइकि ९ बर्षिय बिरामी छोरी सुस्मिता दमाइ उपचारपछि सञ्चो भएर घर फिर्ता भएकि छन् । छोरि बचाउन राम बहादुरले हारगुहार गरिरहेको समाचार बडीमालिका खबरमा प्रकाशित पछि उनको उपचारमा सहयोग भएको थियो । 
उनि बाजुरा अस्पतालमा अलपत्र परेको सामाजिक अभियान्ता प्रेम नेपालीले जानकारी गराएका थिए । सुस्मिता अलपत्र परेको समाचार पछि सेति प्रादेशिक अस्पतालमा केहि शुल्कमा समेत निशुल्क गराइएको थियो ।
बडीमालिका नगरपालिका र अस्पताल बाजुराले एम्बुलेन्सको ब्यबस्थापन पछि रामले जेनतेन गरेर ९ बर्षिय छोरि सुस्मिता दमाइलाइ सेति प्रादेशिक अस्पताल धनगढी पुगाएका थिए । 
सुस्मिताको उपचारका लागि फिल्म निर्माता, कलाकारा तथा समाजिक अभियान्ता अमृत ढुङ्गानाले १० हजार १ सय सहयोग गरेका थिए । बडीमालिका नगरपालिका ३ रजाली बस्ने प्रकाश खड्काले आफ्नो जन्मदिनको अबसरमा ३ हजार ३ सय ३३ सहयोग गरेका थिए ।
मुकुन्द्र जैशीले १५ सय १५, बिश्वराज जैशीे ३ हजार १ सय ९०, गगन बिकले १ हजार, गोबिन्द्र सिजापतिले ३ हजार १ सय, भानुभक्त जैशीले ५ सय सहयोग गरेका थिए । 
त्यस्तै जनक सार्कीले १ हजार, सम्सेर थापाल ५ सय ५५, जनक बिसिले १ हजार ५०, भक्त बिष्टले ५ सय र कोस्याडी बन उपभोक्क्ता समुहले  ५ हजार सहयोग गरेका थिए । सुस्मिताको उपचारमा धनगढीमा स्वास्थ्यकर्मी शंकर बहादुर सिंह र महेन्द्र साउदले समेत सहयोग गरेको सामाजिक अभियान्ता प्रेम नेपालीले वताएका छन् । 
सुस्मिता अर्धचेत अबस्था थिइन्, भने उनको शरिर पुरै सनिएको थियो । ज्वरो आउने, बान्ता हुने जस्ता समस्याले थलिएकि थिइन् । बिरामी भएपछि अस्पताल बाजुरामा सुस्मितालाइ पुयाए । अस्पताल बाजुरामा सञ्चो नहुने भन्दै सेति प्रादेशिक अस्पताल धनगढि रिफर गरेको थियो ।
धनगढी सम्म नगरपालिका र अस्पतालको सहयोगमा एम्बुलेन्स मार्फत धनगढी पुयाएको आफन्त प्रेम नेपालीले वताएका छन् । प्रेम नेपालीको नेतृत्वमा सुस्मिता बचाउन अभियान चलाएका थिए । 
आर्थिक अबस्था निकै कमजोर रहेका रामालाइ छोरीको उपचारमा एक पत्ता सिटामोल किन्ने पैसा समेत थिएन् । अस्पतालमा भर्ना गर्ने पैशा थिएन्, अहिले छोरी बचाउन सबैले सहयोग गरेकोमा सबैलाइ राम बहादुरले धन्यवाद दिएका छन् । 
रामको परिवार बिपन्न तथा क बर्गको गरिब परिवारमा पर्ने गरेका छन् । सामान्य भर्ना गर्न समेत पैसा छैन्, थप उपचार गर्न निकै समस्या हुने रामले वताएका थिए ।
राम ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए, छोरि नै बिरामी भएपछि उनि समस्यामा परेका थिए । 

चर्चामा

सम्बन्धित समाचार