सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रदेश १
  • रोहित चौधरीको हत्या आरोपमा दुई जना पक्राउ

रोहित चौधरीको हत्या आरोपमा दुई जना पक्राउ

  • बुधबार, साउन १७, २०८०
रोहित चौधरीको हत्या आरोपमा दुई जना पक्राउ

विराटनगर — विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोहितको साउन ५ गते सुनसरीको धरान– इटहरी सडक खण्डमा गोली प्रहार गरी हत्या भएको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा सोही दिन बेलुका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनको हत्या आरोपमा प्रहरीले १० दिनपछि दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन । उनीहरुलाई बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार घटनामा संलग्नको आरोपमा पक्राउ परेकाहरुलाई प्रदेश प्रहरी कार्यालयमा सार्वजनिक गर्ने तयारी छ ।

२८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कने क्रममा रोहितमाथि धरान इटहरी सडक खण्डको सेउती खोला पुलको दक्षिणतर्फ गोली प्रहार भएको थियो । मोटरसाइकल रोकेर पिसाब गर्न जाने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । रोहित नोबेल मेडिकल कलेज विराटनगरका प्राविधिक कर्मचारी थिए । अनलाइन खबरबाट

चर्चामा

सम्बन्धित समाचार