सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • एकीकृत समाजवादीका नेता उप्रेती एमालेमा फर्किए

एकीकृत समाजवादीका नेता उप्रेती एमालेमा फर्किए

  • मङ्लबार, साउन १६, २०८०
एकीकृत समाजवादीका नेता उप्रेती एमालेमा फर्किए

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती एमालेमा फर्किएका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेर उप्रेतीले आफू अव एमालेमै रहेर राजनीति गर्ने बताएको एमाले नेता रेवती पन्तले जानकारी दिए ।

एमालेका वार्ता समितिका संयोजक सुमन प्याकुरेल लगायतले उप्रेतीलाई एमालेमा फर्काउन प्रयास गरेका थिए ।

०७४ मा एमालेबाट प्रदेश सांसद निर्वाचित उप्रेती २०७९ सालमा भएको निर्वाचनमा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट प्रदेशमा उम्मेदवार बनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार