• होमपेज
  • देश
  • अछामको बान्निगढी गाउँपालिकाद्वारा बयलपाटा अस्पताललाई १५ लाखको चेक हस्तान्तरण

अछामको बान्निगढी गाउँपालिकाद्वारा बयलपाटा अस्पताललाई १५ लाखको चेक हस्तान्तरण

  • शनिबार, साउन १३, २०८०
अछामको बान्निगढी गाउँपालिकाद्वारा बयलपाटा अस्पताललाई १५ लाखको चेक हस्तान्तरण

अछाम — अछामको बान्निगढी जयगढ गाउँपालिकाले बयलपाटा अस्पताललाई  १५ लाख रुपैयाँको  चेक हस्तान्तरण गरेको छ । गाउँपालिकाको स्वीकृत बजेट अन्तर्गत शनिवार पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले अस्पतालका बित्त बिभाग प्रमुख रामराज खकुरेललाई १५ लाखको चेक हस्तान्तरण गरेका छन ।

पछिल्लो समय विदेशी दातृ निकायको सहयोग कम हुँदै गएपछि अस्पतालले आर्थिक भार खेप्नु परेपछि व्यवस्थापनमा कठिनाइ भएसँगै गाउँपालिकाले सहयोग साेरुप  रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।

सोही अनुरुप गाउँपालिकाले बयलपाटा अस्पताल संचालनका लागि कठिनाई नहोस् र गाउँपालिकाका नागरिकहरुले स्वास्थ्य सेवा सहजरूपमा पाउन भन्ने उदेश्यका साथ उक्त रकम  उपलब्ध गराईएको गाउँपालिकाले जनाएकाे छ।

चेक हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष खड्काले अछामका जनताहरुका लागि निशुल्क उपचार प्रदान गर्दै आईरहेको बयलपाटा अस्पताल नियमित संचालनमा सहयोग पुगोस् भन्ने हेतुले पालिकाको तर्फ बाट १५ लाख सहयोग गरेको बताए । अस्पताललाई नियमित संचालनमा ल्याउनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने अध्यक्ष खड्काको भनाई रहेको छ ।

अस्पताल संचालन गर्नका लागि आर्थिक अभावको कारणले सन्चालनमा समस्या नहोस भन्दै गाउँपालिकाले अनुदान स्वरुप रकम उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र जोशिले बताए। उनले अस्पताललाई आगामी दिनमा पनि सक्दो सहयोग उपलब्ध गराउनका लागि गाउँपालिका तयार रहेको बताए ।

यसअघी पनि बयलपाटा अस्पताल लाई गाउँपालिकाले १ लाख सहयोग गरेको थियो । अस्पतालमा कोभिड अस्पताल संचालनका लागी पहिलो चरणमा १ लाख अस्पताल लाई उपलब्ध गराएको हो।

चर्चामा

सम्बन्धित समाचार