मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश
  • अबिरल बर्षाले गौमुल गाउँपालिका ३ का ७ घर बिस्तापित

अबिरल बर्षाले गौमुल गाउँपालिका ३ का ७ घर बिस्तापित

  • शुक्रबार, साउन १२, २०८०
अबिरल बर्षाले गौमुल गाउँपालिका ३ का ७ घर बिस्तापित

टेक बहादुर बुढा— विहिवार राति गएको अबिरल बर्षा संगै आएको पहिरोले गौमुल गाउँपालिका ३ ढल्काँडाका ७ परिवार बिस्तापित भएका छन । राति आएको बर्षासंगै गाउँको माथिबाट पहिरो आएपछी ७ परिवार बिस्थापित भएका हुन । त्यसै गरि सोही वडाको बेहरीका पनि केही घरपरिवार पहिरोले विस्थापित बनाएको गौमुल गाउँपाििलका उपाअध्यक्ष सिता थापाले जानकारी दिएकी छन । अबिरल बर्षाले घर वरिपरिको जमिन बगेसंगै उक्त वडाका ७ परिवार बिस्थापित भएको उपाअध्यक्ष थापाले बताएकी छन ।

ढल्काँडाका राजेन्द्र धामी, मान बहादुर बोहरा, बसन्त बोहरा, झाक्री बोहरा, अफिलाल बोहरा र बिज्रित बोहराका घरहरु पुरै पहिरोमा परेर बिस्थापित भएको उपाअध्यक्ष थापाले बताएकी छन ।

No description available.

यता जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो ठाउँमा प्रहरीको टोली गएको र पुरा बिवरण नआएको जनाएको छ । प्रहरीको टोलीले बिवरण नल्याए सम्म कति क्षेती भयो भन्नेबारे एकिन गर्न नसकेको जनाएको छ ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार