सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बिचल्ली जगतको परिवारलाइ खाद्यन्न र नगद सहयोग

बिचल्ली जगतको परिवारलाइ खाद्यन्न र नगद सहयोग

  • बिहिबार, साउन ११, २०८०
बिचल्ली जगतको परिवारलाइ खाद्यन्न र नगद सहयोग
बाजुरा–बाजुराको गौमुल गाउँपालिका ४ कौडाकोट बस्ने ३७ बर्षिय जगत बुढाका परिवारलाइ नगद र खाद्यन्न सहयोग गरिएको छ । जगत बिरामीले थलिएपछि उनको परिवार बिचल्लीमा परेको बडिमालिका खबरमा समाचार प्रकाशित पछि उनलाइ सहयोग जुटेको हो ।
बडिमालिका खबरको टिम घरमै पुगेर रिपोटिङ्ग गरेको थियो । रिपोटिङ्गका बेला नगद ५ हजार सहयोग गरेको बडीमालिका खबरका सम्पादक प्रकाश सिंहले वताएका छन् । त्यस्तै बिहिवार पनि जगत बुढाको परिवारलाइ खाद्यन्न र नगद सहयोग गरिएको थियो । 
बडिमालिका खबरको सहयोगमा १ कुन्टल चामल, दाल, नुन, साबुन, अण्डा, तेल लगायत खाद्यन्न सामाग्रि सहयोग गरेका छौ । त्यस्तै जगतका ५ छोराछोरीलाइ स्टेशनरी सहयोग गरिएको छ । त्यस्तै बुढिनन्दा नगरपालिका ३ घर भएका कुल बहादुर थापाले नगद ५ हजार सहयोग गरेका छन् । थापा बुढिनन्दा नगरपालिकामा नायब सुब्बा पदमा कार्यरत रहेका छन् । खाद्यन्न तथा स्टेशनरीका लागि नवजिवन प्ररोपकार संस्थाका अध्यक्ष दुर्गा नाथ दाहलले ५ हजार र बिदेशी नागरिक र जाङबु शेर्पाले १० हजार सहयोग गरेका थिए ।
खाद्यन्न सहयोग कार्यक्रममा गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापा मार्फत पिडितलाइ सहयोग हस्तान्तरण गरिएको बडिमालिका खबरका सम्पादक सिंहले वताएका छन् । उनलाइ अझै सहयोग गर्ने सिंहले वताएका छन् । लामो समय देखी बिरामी रहेका जगत अहिले भने पुर्ण रुपमा थलिएका छन् । उनि थला पर्दा उनका ७ जना परिवार समस्यामा परेका छन् । 
जगतलाइ बयलपाटा अस्पतालले रिफर गरेको भएपनि पैसा नहुदा अन्यत्र लिनुको साटो घरमा ल्याएका छन् । जगतलाइ अन्य रोगको संक्रमण सँगै अहिले क्षयरोग बाट ग्रसित भएका छन् । उनको पेट दुख्ने, शरिर सुनिने लगायतका समस्याले लामो समय देखिरहेको थियो । 
अस्पताल बाजुरा, अछामको बयलपाटा अस्पताल सम्म उपचार गर्दै आएका थिए । ति अस्पतालले नेपालगञ्ज काठमाडौ रिफर गर्ने भएपनि पैसा नहुदा सधै सामान्य उपचार गरेर घर फिर्ता हुने गरेको जगत बुढाले वताएका छन् । बयलपाटा सम्म जेनतेन गरेर जान्छु, अन्यत्र जाने पैसा नहुदा घर आउने गरेको उनले वताए । 
जगत थला परेको चार महिना बढी समय भइसकेको छ । ७ परिवारको पुरै जिम्मेवारी समालेका जगतले आफनो उपचार मात्र गर्न सकेका छैनन् । घर परिवार समेत बिचच्लीमा रहेको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले वताएकि छन् । पालिकाले केही सहयोग गरेका छौ, धेरै सहयोगको आबश्यक रहेको थापाले वताईन् । 
जगतकि श्रीमति हिरा बुढा पनि अशक्त रहेकि छन् । उनका ५ छोराछोरी रहेका छन् । दैनिक छाक टार्न त धौ धौ परेको छ, छोराछोरीलाइ बिद्यालयमा पठनपाठनमा गराउन निकै समस्या भएको हिरा बुढाले वताईन् । श्रीमानको उपचारका लागि रिन धेरै ठाउँमा खोजेपनि कतै बाट नपाउदा उपचार गर्न नसकेर घर फिर्ता ल्याएको हिराले वताईन् ।
जगतका तिन छोरी दुइ छोरा रहेका छन् । जेठी छोरी वविता १६ बर्षकि भईन्, उनि कक्षा ९ मा पढने गरेकि छन् । १४ बर्षकि कबिता कक्षामा ८ मा पढछन् । १२ बर्षका नबिन्द्र ७ कक्षा, १० बर्षका बिष्न ४ कक्षा र  ८ बर्षकि सुरर्मा बुढा कक्षा १ मा पढने गरेकि छन् । पाँच जना छोराछोरी बिद्यालय जाने गरेको भएपनि कापि कलम ड्रेस किन्ने पैसा नहुदा फाटो लुगा लगाएर बिद्यालय जाने गरेको आमा हिरा बुढाले वताईन् । दैनिक छाक टार्न पनि निकै धौ धौ भएको उनले थपिन् ।
जगत अहिले क्षयरोग लगायत अन्य रोगको औषधि खाइरहेका छन् । एकातिर बिरामी अर्कोतिर औषधि खाइरहे पनि पोषिलो खानेकुरा खान नपाउदा उनको स्वास्थ्य निकै कमजोर भइरहेको छ । डाक्टरले अण्डा, फलफुल, माछा मासु खानु भनेको छ, आफुलाइ भने सादा दालभात खान सक्ने पैसा समेत नभएको जगतले रुदै वताए । पहिला देखि बिरामी थिए, काठमाडौ जाने पैसा नहुदा रोगको पहिचान समेत नभएको उनले वताएका छन् । 

चर्चामा

सम्बन्धित समाचार