• होमपेज
  • देश
  • अछाममा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

अछाममा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

  • बिहिबार, साउन ११, २०८०
अछाममा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

अछाम —  अछाममा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएकाे छ। अछामको मंगलसेन नगरपालिका–३ लाक्षीमनाकी उज्जली आउजीको घाँस काट्न गएको बेला बुधवार भीरबाट खसेर मृत्यु भएको हो।

गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। करिब तीनसय मिटर तल खसेर उनको निधन भएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार