• होमपेज
  • विचित्र संसार
  • चन्द्रमाको सपिङ मलमा कसरी गरिन्छ किनमेल ? एआईले बनायो यस्ता तस्वीर

चन्द्रमाको सपिङ मलमा कसरी गरिन्छ किनमेल ? एआईले बनायो यस्ता तस्वीर

  • बिहिबार, साउन ११, २०८०
चन्द्रमाको सपिङ मलमा कसरी गरिन्छ किनमेल ? एआईले बनायो यस्ता तस्वीर

चन्द्रमामा सपिङ मल बनाउने कल्पना एउटा रोचक विचार हो जुन विज्ञान प्रविधि क्षेत्रमा मानिसको प्रगति तथा उसको आवश्यकतासँग पनि जोडिएको छ । तथापि वैज्ञानिक दृष्टिकोणबाट हेर्दा अहिले चन्द्रमामा मल बनाउने कुरा कठlन मात्र होइन असम्भव जस्तै लाग्दछ । तर आर्टिफिसियल इन्टेलिजेन्सले भने चन्द्रमामा भविष्यको सपिङ मल तथा त्यसमा गरिने सपिङको काल्पनिक चित्र तयार पारेको छ ।

एआईका अनुसार चन्द्रमामा मनोरञ्जनात्मक सुविधाहरु पूरा गर्नका लागि पसल, रेष्टुरेन्ट, मल्टिप्लेक्सका साथै अन्तरिक्षयात्रा सम्बन्धी स्टलहरु पनि हुनेछन् । एआईको परिकल्पना अनुसार चन्द्रमामा भव्य मलको निर्माण हुँदा अन्तरिक्षयात्रीका लागि सुरक्षित तथा आरामदायक ठाउँ प्राप्त हुनेछ जहाँ उनीहरु आराम गर्न, भोजन गर्न तथा सुत्न सक्नेछन् ।

चन्द्रमामा यदि मल निर्माण भयो भने मानिसहरु लामो समयसम्म अन्तरिक्षमै बस्न सक्नेछन् र अझै लामो दूरीको यात्रा गर्न सक्नेछन् । एआईको परिकल्पना छ कि चन्द्रमामा मलको निर्माणले नयाँ उद्योगको जन्म दिनेछ । यसबाट मानिसहरुलाई नयाँ अवसर प्राप्त हुनेछ र अर्थव्यवस्थालाई बढावा मिल्नेछ । चन्द्रमामा सपिङ मल बन्नु मानवताका लागि नयाँ सुरुवात हुनेछ ।

एआईले निकै मीठो परिकल्पना गरेको छ कि भविष्यमा मानिसहरु पृथ्वी र चन्द्रमा दुवैतिर सपिङ गर्न सक्नेछन् र दुवै ठाउँको अनुभव लिन सक्नेछन् । यद्यपि यो केवल आर्टिफिसियल इन्टेलिजेन्सको परिकल्पना मात्रै हो । जुन पूरा नहुन पनि सक्दछ वा पूरा हुनका लागि सयौं हजारौं वर्ष पनि लाग्न सक्दछ ।

हेरौं चन्द्रमामा बन्ने मल र त्यसमा गरिने सपिङका केही काल्पनिक तस्वीरहरु :

   

चर्चामा

सम्बन्धित समाचार