शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • ललितानिवास प्रकरण : पक्राउ परे दुई नक्कली मोही

ललितानिवास प्रकरण : पक्राउ परे दुई नक्कली मोही

  • सोमवार, साउन ८, २०८०
ललितानिवास प्रकरण : पक्राउ परे दुई नक्कली मोही

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा नक्कली मोही खडा गरिएका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सञ्जय महर्जन र सकुलानन्द महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले अनलाइनखबरलाई बताए । उनीहरुलाई सोमबार पक्राउ गरेर ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा ल्याइएको उनले बताए ।

उनका अनुसार, उनीहरु ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा नक्कली मोही बनाइएका थिए । सीआईबीले आइतबार मात्रै नापी विभागका पूर्वकर्मचारी अरुणकुमारलाई यो प्रकरणमा पक्राउ गरेको थियो ।

हाल यसमा संलगन १९ जना प्रहरी हिरासतमा छन् । सीआईबीले ठगी र संगठित अपराधको कसूर अन्तरगत यो मामलामा अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार