आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • जातिय बिभेद त अझैं जिवित छ देशमा

जातिय बिभेद त अझैं जिवित छ देशमा

  • शुक्रबार, साउन ५, २०८०
जातिय बिभेद त अझैं जिवित छ देशमा

सुरेशकुमार पाण्डे  — गजल!

जातिय बिभेद त अझैं जिवित छ देशमा,
कुसंस्कार र कुरितीको नै जित छ देशमा।

समाबेसी र समाजवाद अन्मुख भनेपनि,
भौतिकवाद उत्तानै परेको चित छ देशमा।

तिमि भोट हाल न हाल गिन्ति उत्ति हुन्छ।
मदत् गर्छ बिदेशीनै घनिष्ट मित छ देशमा।

शुन छिरेछ धन्न छोपेछन् तर कता जाला,
भ्रष्टाचार गजब शब्दमा अंकित छ देशमा।

लुटामार हुने छ त्यही शुनमाथी आँखा छ,
लोभि र पापी नेता पुरानो रित छ देशमा।

सास्त्र मालेमाका सुनाउँछन् लोभ उस्तै छ,
साम्राज्यवादी सामन्तवादी गित छ देशमा।

 

चर्चामा

सम्बन्धित समाचार