मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश
  • घरमुलीनै बिरामी भएपछि ७ जनाको परिवार बिचल्ली

घरमुलीनै बिरामी भएपछि ७ जनाको परिवार बिचल्ली

पैसा नहुँदा रिफर गरेका जगतलाइ घर लगे

  • बिहिबार, साउन ४, २०८०
घरमुलीनै बिरामी भएपछि ७ जनाको परिवार बिचल्ली

नरेश बडुवाल — बाजुराको गौमुल गाउँपालिका ४ कौराकोट बस्ने ३७ बर्षिय जगत बुढा बिरामीले थलिएपछि उनको परिवार बिचल्लीमा परेको छ । लामो समय देखी बिरामी रहेका जगत अहिले भने पुर्ण रुपमा थलिएका छन् । उनि थला पर्दा उनका ७ जना परिवार समस्यामा परेका छन् ।

जगतलाइ बयलपाटा अस्पतालले रिफर गरेको भएपनि पैसा नहुदा अन्यत्र लिनुको साटो घरमा ल्याएका छन् । जगतलाइ अन्य रोगको संक्रमण सँगै अहिले क्षयरोग बाट ग्रसित भएका छन् । उनको पेट दुख्ने, शरिर सुनिने लगायतका समस्याले लामो समय देखिरहेको थियो ।
अस्पताल बाजुरा, अछामको बयलपाटा अस्पताल सम्म उपचार गर्दै आएका थिए । ति अस्पतालले नेपालगञ्ज काठमाडौ रिफर गर्ने भएपनि पैसा नहुदा सधै सामान्य उपचार गरेर घर फिर्ता हुने गरेको जगत बुढाले वताएका छन् । बयलपाटा सम्म जेनतेन गरेर जान्छु, अन्यत्र जाने पैसा नहुदा घर आउने गरेको उनले वताए ।

जगत थला परेको चार महिना बढी समय भइसकेको छ । ७ परिवारको पुरै जिम्मेवारी समालेका जगतले आफनो उपचार मात्र गर्न सकेका छैनन् । घर परिवार समेत बिचच्लीमा रहेको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले वताएकि छन् । पालिकाले केही सहयोग गरेका छौ, धेरै सहयोगको आबश्यक रहेको थापाले वताईन् ।

जगतकि श्रीमति हिरा बुढा पनि अशक्त रहेकि छन् । उनका ५ छोराछोरी रहेका छन् । दैनिक छाक टार्न त धौ धौ परेको छ, छोराछोरीलाइ बिद्यालयमा पठनपाठनमा गराउन निकै समस्या भएको हिरा बुढाले वताईन् । श्रीमानको उपचारका लागि रिन धेरै ठाउँमा खोजेपनि कतै बाट नपाउदा उपचार गर्न नसकेर घर फिर्ता ल्याएको हिराले वताईन् ।

जगतका तिन छोरी दुइ छोरा रहेका छन् । जेठी छोरी वविता १६ बर्षकि भईन्, उनि कक्षा ९ मा पढने गरेकि छन् । १४ बर्षकि कबिता कक्षामा ८ मा पढछन् । १२ बर्षका नबिन्द्र ७ कक्षा, १० बर्षका बिष्न ४ कक्षा र ८ बर्षकि सुरर्मा बुढा कक्षा १ मा पढने गरेकि छन् ।

पाँच जना छोराछोरी बिद्यालय जाने गरेको भएपनि कापि कलम ड्रेस किन्ने पैसा नहुदा फाटो लुगा लगाएर बिद्यालय जाने गरेको आमा हिरा बुढाले वताईन् । दैनिक छाक टार्न पनि निकै धौ धौ भएको उनले थपिन् । जगत अहिले क्षयरोग लगायत अन्य रोगको औषधि खाइरहेका छन् ।

एकातिर बिरामी अर्कोतिर औषधि खाइरहे पनि पोषिलो खानेकुरा खान नपाउदा उनको स्वास्थ्य निकै कमजोर भइरहेको छ । डाक्टरले अण्डा, फलफुल, माछा मासु खानु भनेको छ, आफुलाइ भने सादा दालभात खान सक्ने पैसा समेत नभएको जगतले रुदै वताए । पहिला देखि बिरामी थिए, काठमाडौ जाने पैसा नहुदा रोगको पहिचान समेत नभएको उनले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार