बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • देश
  • बुद्धिहिन बुद्धिजिवीहरूको भरमार भयो

बुद्धिहिन बुद्धिजिवीहरूको भरमार भयो

  • बुधबार, साउन ३, २०८०
बुद्धिहिन बुद्धिजिवीहरूको भरमार भयो

सुरेशकुमार पाण्डे — गजल!

बुद्धिहिन बुद्धिजिवीहरूको भरमार भयो,
देशभित्र पलेको देश भाड्ने औजार भयो।

पठायौं नेता देशको लागि केहिगर्छन भनी,
उन्को बिदेशी सँग दलाली गर्ने करार भयो।

हिंड सिमानामा के खैलाबैला छ हेरौँ हामि,
धमाधम नागरिकता बिक्रिकै व्यापार भयो।

यो गजल हो नारा हो देशभक्तको आवाज
कसैको आवाज नसुन्ने भइरो सरकार भयो।

पत्रकार आउँछन् प्रहरी आउँछन् देश भित्र,
साइनो रोजी बेटी देश भाड्ने आधार भयो।

हेरौँ त सिमाना मात्र होइन देश नै खुल्ला छ,
दुष्टलाई नरोकटोक छ न कुनै तारबार भयो।

चर्चामा

सम्बन्धित समाचार