सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • पार्टी फेरिरहने पुर्वगाबिस अध्यक्ष जैशी राष्ट्रिय स्वतन्त्र पार्टीमा

पार्टी फेरिरहने पुर्वगाबिस अध्यक्ष जैशी राष्ट्रिय स्वतन्त्र पार्टीमा

  • मङ्लबार, साउन २, २०८०
पार्टी फेरिरहने पुर्वगाबिस अध्यक्ष जैशी राष्ट्रिय स्वतन्त्र पार्टीमा

बाजुरा— साविकको बाह्रबिस गाबिसबाट निर्वाचित गाबिस अध्यक्ष नवराज जैशी राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेका छन् । २०५४ सालमा काँग्रेस बाट कलिलो उमेरमा टिकट पाएर उनि गाबिस अध्यक्षमा निर्वाचित भएका थिए ।

बुढिगंगा नगरपालिका १० घर भएका जैशीले साउन १ गते नेकपा एकिकृत समाजवादीले प्रदेश किमिटि सदस्य बाट राजिनामा दिएको घोषणा गरेको थिए । लगत्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टिको सदस्यता प्राप्ति गरेको पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । काँग्रेस पार्टीमा उनि भन्दा सिनियर नेता भएपनि काँग्रेसले नवराज जोशीलाइ ठुलो अबसर दिएर गाबिसमा अध्यक्षमा निर्वाचित गराउन सफल भए ।

गाबिस अध्यक्ष पछि उनि बडिमालिका क्याम्पस फालासैनमा क्याम्पस प्रमुख भए । क्याम्पस प्रमुख हुदा उनलाइ आर्थिक अनियमितको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्धा दायर गरेको थियो । पछि उनलाइ सफाइ पाए । बडिमालिका क्याम्पसमा समेत उनको राम्रो भुमिका नदेखिएपछि उनि क्याम्पस बाट बिस्तारै बिस्थापित भए । पछि पुन राजनितिमा सक्रिय भए ।

जैशी नेकपा एमालेलाइ सर्मथन गर्दै तत्कालिन नेकपामा सक्रिया रुपमा लागे । नेकपा एमालेका नेता कर्ण बहादुर थापाको नजिक भएर काम गरे । नेकपा अलग भइसकेपछि उनि नेकपा एकिकृत समाजवादीमा लागे । समाजवादीमा महत्वपुर्ण जिम्मेवारीका साथ नेकपा एकिकृत समाजवादीले प्रदेश किमिटि सदस्यको जिम्मेवारी पाए ।

स्थानिय चुनावमा उनि नेकपा एकिकृत समाजवादी भएपनि नेकपा एमालेलाइ सहयोग गरेको आरोप थियो । बुढिगंगा नगरपालिकामा नेकपा एमालेले पालिका प्रमुख र उपप्रमुख विजय भए । बिजय सभामा जैशी बधाइ दिन पुगे, अझ एमालेले उनलाइ शुभकामना दिन मञ्चमै बोलाएको थियो । उनलाइ पछिल्लो समय राजनितिमा दोहोरो भुमिकामा रहेको आरोप लगाइरहने पाइन्छ ।

जैशीको तर्कसक्ति, आर्दशका गफ तथा भाषणमा निकै अब्बल भएपनि उनि भने कुनै पार्टिमा पनि राम्रो सँगै टिक्न नसक्ने नेताका रुपमा टिप्पणी भइरहेको छ । उनलाइ अबसरका पछाडी दौडिरहने उनि नजिक सँगत गरिरहेकाले आरोप लगाउदै आएका छन् । शुदुरपश्चिम प्रदेश सरकार बाट उनले बिगतमा कुखुरा पालन देखी सहकारीका नाममा लाखौ बजेट ल्याएका थिए । तर उपलब्धि भने सुन्य जस्तै भएको उनलाइ आरोप छ ।

समाजवादीका एक कार्यकर्ताले भने उनको पार्टि फेरिरहने चलन रहेकाले अर्को पार्टिमा जानु उनका लागि सामान्य हो । उनि जहिले पनि अवसरका लागि दौडिरहने नेता हुन्, उनि स्वतन्त्र पार्टिमा जानु कुनै नौलो हैन्, उनि स्वतन्त्र पार्टीमा जानुले बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टिको गरिमा पनि घटने उनको छ ।

चर्चामा

सम्बन्धित समाचार