बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • बुढीगंगा नगरपालिका – ४ बालबिवाहमुक्त वडा घोषणा

बुढीगंगा नगरपालिका – ४ बालबिवाहमुक्त वडा घोषणा

  • सोमवार, साउन १, २०८०
बुढीगंगा नगरपालिका – ४ बालबिवाहमुक्त वडा घोषणा

टेक बहादुर बुढा, बाजुरा  — बाजुराको बुढीगंगा नगरपालिका ४ लाई बालबिवाहमुक्त वडा घोषणा गरिएको छ । वडाले आफ्नो वडा भित्र उमेर नपुगी हुने बिवाहलाई बन्देज लगाउने भएको छ ।

लामोसमय देखि वडाभित्र बालबिवाह न्यूनिकरणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा आइतबार एक कार्यक्रमका बिच वडालाई बालबिवाहमुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष मिन बहादुर शाहले बताएका छन ।

घरघर हुदै टोलसम्म सडक नाटकसहित विभिन्न जनचेतनामुलक कार्यक्रमका साथै हस्ताक्षर पत्रमा हस्ताक्षर गराएर आइतबार वडालाई बालबिवाह वडामुक्त वडा घोषणा गरेको वडा अध्यक्ष शाहले बताए ।

May be an image of 3 people

उमेर नपुगी हुने बिवाहलाई बन्देज गर्ने निणर्य गरिनु सकरात्मक पक्ष भएको र यस अभियानमा सम्पूणर् नगरबासीले सहयोग गर्न बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँले अनुरोध गरेका छन । सानै उमेरमा बिवाह नगर्न र कसैले गरेमा वा गराएमा वडा कार्यालय तथा बालक्लवलाई खबर गर्न वडा अध्यक्ष मिन बहादुर शाहले अनुरोध गरेका छन ।

May be an image of 3 people, fog, mountain and text

समाजको गरिबी, देखासिकी तथा सामाजिक सञ्जालको दुरुपयोगले बढ्दै गएको बालबिवाह पछिल्लो समयमा सरकारी तथा गैरसरकारी निकायको साँझा अभियानले न्युनिकरणमा सहयोग पुगेको कार्यक्रममा सहभागीहरुले बताएका थिए । बालबिवाह मुक्त वडा घोषणा कार्यक्रममा नगरप्रमुख राम बहादुर बानियाँ, उपप्रमुख माया कुवर खड्का, नगरपालिका तथा वडाका कर्मचारी, राजनितिक दलका प्रतिनिधि तथा सर्वसाधरणाहरुको उपस्थिति रहेको थियो ।

बुढीगंगा नगरपालिकाले बालबिवाह न्युनिकरण गर्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गदै आएको नगरपालिकाले जनाएको छ । बालबिवाह न्युनिकरणका लागि नगरपालिकाले शुन्य बालबिवाह नितिलाई अभियानका रुपमा सञ्चालन समेत गरेको छ । बुढीगंगा नगरपालिकाको वडा नंः ४ बालबिवाह मुक्त घोषणा भएसंगै बालबिवाह मुक्त वडा घोषणा गर्नमा नगरपालिकामै पहिलाे वडा बनेको छ । May be an image of 8 people, people smiling and temple

चर्चामा

सम्बन्धित समाचार