आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

  • आइतवार, असार ३१, २०८०
विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

एजेन्सी –  चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन्।

दक्षिणपूर्वी एसियाली मुलुकहरूको सङ्गठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री सुब्रमण्यम जयशङ्करसँग शुक्रबार भएको भेटमा साझा हितमा ध्यान केन्द्रित गर्न आह्वान गरेका हुन्।

एसियाको सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकीबीचको सीमा तनावलाई कम गर्न वरिष्ठ कूटनीतिज्ञ वाङले सहमतिमा आउन भारतलाई आग्रह गर्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

वरियतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहनुभएका चीनका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकअर्कालाई शङ्का गर्नुको सट्टा एक अर्कालाई समर्थन गर्नुपर्नेमा जोड दिए।

चीन र भारतको साझा हित आपसी मतभिन्नता भन्दा अधिक रहेकाले सहमतिमा आउन भारतलाई आह्वान नेता वाङले आग्रह गरेकझ चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार