सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • देश
  • दाङमा विश्व नेपाली साहित्य महासंघ गठन

दाङमा विश्व नेपाली साहित्य महासंघ गठन

  • शनिबार, असार ३०, २०८०
दाङमा विश्व नेपाली साहित्य महासंघ गठन

सुरेस कुमार पाण्डे  — दाङमा विश्व नेपाली साहित्य महासंघ गठन गरिएकाे छ ।

यहि असार   २८ गते  बिहिवार  विश्व नेपाली साहित्य महासंघको १४ औँ स्थापना दिवस तथा २१० औँ भानुजयन्तीको पूर्वसन्यामा  नेपाली साहित्यको विकास र विस्तारका साथै सामाजिक सेवामा क्रियाशील रहने उदेश्यका साथ विश्व नेपाली ससाहित्य महासंघ दाङ्ग शाखाको उद्धाटन गरिएको छ ।

सुरेस कुमार पाण्डेयकाे अध्यक्षतामा  सञ्चालन भएकाे  कार्यक्रममा देश तथा बिदेशमा  रहेका साहित्यकारबाट व्यापक छलफल पछि ११ सदस्यिय कार्य समिति गठन गरिएको बताइएकाे छ ।

जसमा विश्व नेपाली साहित्य महासंघ, दाङ शाखाको कार्य समितिकाे अध्यक्षमा सुरेशकुमार पाण्डेय र  उपाध्यक्षमा रेशम बी सी चयन भएका छन ।

त्यस्तै सचिवमा बसन्त अनुभव, उप सचिव यादव एन पी, कोषाध्यक्ष बिना रोका र सदस्यमा कांशिराम जिएम, मेटर कपाली, चेतन खनाल, सुनिता आचार्य पाण्डे, शर्मिला गिरी रहेका छन । नव गठित समितिले आगामी दिनमा दाङ्ग जिल्ला भित्र बिभिन्न साहित्यिक र सामाजिक कार्यक्रम गर्दै साहित्यको विकास र विस्तारमा कार्य समिति सपरिवारले स्तरीय योगदान पुर्याउने प्रतिबद्धता गरेकाे छ।

चर्चामा

सम्बन्धित समाचार