बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

  • शनिबार, असार ३०, २०८०
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौँ —  आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाइएको हो ।

बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार