शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • देश
  •   बुढिनन्दामा भैसी गोठ भत्कदा १ जनाको मृत्यु

  बुढिनन्दामा भैसी गोठ भत्कदा १ जनाको मृत्यु

  • बिहिबार, असार २८, २०८०
  बुढिनन्दामा भैसी गोठ भत्कदा १ जनाको मृत्यु

बाजुरा  —      बुढिनन्दा नगरपालिका ३ मा बस्तुभाउ बाँध्ने छानो पछाडीबार रुख ढलेर एक जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका ३ भुलेनाका ५८ वर्षिया गोकुल ल्वार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । विन्र्यालेख भन्ने ठाउमा छानाले च्यापीएर १ भैशी र भैशीको पाडो समेत मरेका घटना स्थलबाट वडा नम्वर ३ का पूर्व वडा सदस्य कपुर ल्वारले जानकारी दिएपछि प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी तथा प्रहरी निरिक्षक रविन्द्र कठायतले बताए ।

जानकारी पछि वरिष्ट सई सुरेन्द्र विक्रम शाहीको कमाण्डमा टोली पठाए टोली घटना स्थल गएको छ । इलाका प्रहरी चौकीबाट घटनास्थल पुग्न ५÷६ घण्टाको पैदल दुरीमा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार