सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बुढिगंगा नगरपालिका ४ जना कर्मचारी बिरुद्ध प्रहरीमा जाहेरी दर्ता

बुढिगंगा नगरपालिका ४ जना कर्मचारी बिरुद्ध प्रहरीमा जाहेरी दर्ता

  • बुधबार, असार २७, २०८०
बुढिगंगा नगरपालिका ४ जना कर्मचारी बिरुद्ध प्रहरीमा जाहेरी दर्ता
बाजुरा–बुढिगंगा नगरपालिका ४ जना कर्मचारी बिरुद्ध जाहेरी दर्ता भएको छ । कार्यलय भित्र गालिगलौज गरेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुरामा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । बुढिगंगा नगरपालिका ईन्जिनियर उप्रेन्द्र साउद, रोजगार संयोजक गोबिन्द बहादुर थापा, प्राबिधिक सहायक डम्म बहादुर थापा र प्रशासन सहायक बसन्त बहादुर थापाका नाममा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
जाहेरीमा असार २१ गते सेवाग्राहि दिलिप केसीलाइ कार्यलय भित्र गालिगलौज गरेको भन्दै अभ्रद्र गर्नुनहुने कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । जोहरी दर्ता भएकाको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । कर्मचारी र दिलिप केसी बिच भएको विवाद भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
दिलिप केसी भने प्रक्राउ परिसकेका छन् । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र  नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात, गालि गलौज गरेको भन्दै उनलाइ विहिवारनै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कबिन्द्र बोहोराले वताएका छन् । केसी वडा नम्बर ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा हुन् ।
कर्मचारीका अनुसार योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानि दिनुपर्ने भन्दै उनले कर्मचारी माथि हातपात र गालि गलौज गरेको वताएका छन् । केसीले पहिला फोन बाट पनि कर्मचारीलाइ धम्काइरहेका थिए, पछि कार्यलयमै पुगेर हातपात र गालि गलौज गरेको कर्मचारीले वताए ।
कर्मचारीले काम अनुसारको बिल उठाउने भनेका थिए, तर उनले पुरै बिल उठाउने भन्दै कर्मचारी माथि आक्रमण गर्न खोजेको उपप्रमुख माया कुवरले वताएकि छन् । इन्जिनियर साउद माथि भने हातपात गरेको उनले लगाएको सर्टनै च्यातिएको कुवरले वताईन् । जसले थर्काएपनि धम्काएपनि काम नभएको रकमको बिल नउठाउन र भुक्तानि नर्गन कर्मचारीलाइ निर्देशन दिइसकेको उनले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार