बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • खप्तड, राष्ट्रिय निकुञ्ज कि चरन क्षेत्र 

खप्तड, राष्ट्रिय निकुञ्ज कि चरन क्षेत्र 

  • बुधबार, असार २७, २०८०
खप्तड, राष्ट्रिय निकुञ्ज कि चरन क्षेत्र 

खप्तड समुन्द्री सतह देखि करीब ३२०० मिटर भन्दा बढीको उचाईमा अवस्थित नेपालमा सिमित अलौकिक धार्मिक एवं प्राकृतिक धरोहर मध्य एक हो । खप्तकको जैविक विवधिता धार्मिक महिमा र प्राकृतिक सुन्दरताले अतुल्य छ । देवीदेवताहरुको शयर गर्ने पवित्र भुमी खप्तड १००८ परमहंश स्वामी सच्चिदानन्द सरस्वतिको ध्यान केन्द्र बन्यो र ५२ बर्षको अनन्त तपस्यापछि वहाँ खप्तड बाबाका नामले प्रसिद्ध हुनुभयो । खप्तड आफैमा ओझेलमा रहेता पनि खप्तडबाबाका कारणले यसको महत्व, महिमा र ख्यातिलाई उचाईमा पुर्‍याउन सहयोग पुगेकोे छ । खप्तडबाबाका तमाम जीवनपयोगि र ज्ञानबद्र्धक कृतिहरुले मानवहितमा सहयोग पुगेको छ । खप्तडको नामाकरणका सम्बन्धमा स्कन्द पुराणमा खप्तडलाई खेचराद्री भनिएको छ, जसको अर्थ देवताहरुको प्रिय भुमी हो । पाण्डव र युधिष्टर यतैबाट स्वर्ग गएका थिए रे ।

No description available.

तत्कालिन समयमा गंगातटहुँदै तिब्बतसम्म व्यापार हुनेगर्दथ्यो लामोयात्रा पश्चात शक्तिसंचय र चरनका लागि खच्चर बस्ने स्थान भएकाले खप्तड रहेको हो भन्ने भनाई पनि छ । स्थानीय जनश्रुति अनुसार यहाँ रहेको खापरदहको नामबाट पनि खप्तड रहन गएको भन्ने भनाई छ । ईतिहासका अनुसार यो क्षेत्रमा डरलाग्दा शिकारी जातका कससिटिज साकमुलका मानिसहरु मध्य एशियाबाट इरानहँुदै पश्चिमी तिब्बत आईपुगेको भनिन्छ । केहि जातका मान्छेहरु तल्लो मानसखण्ड (खप्तड, बडीमालिका)मा बसोबास गरेको हुनुपर्छ । यसरी खप्तडमा बसोबास गर्ने सिलसिलामा उनीहरु आफुलाई “हेप्टालिज” र हजारौ बर्ष पछि खप्तडी भएको अनुमान गरिन्छ ।

No description available.

धार्मिक ग्रन्थहरुमा यस क्षेत्रमा विभिन्न जातजातिहरुले बसोबास गरेको र आज भन्दा चार पाँचहजार बर्ष पहिले यक्षहरुका राजा कुवेरले तल्लो मानसखण्ड (बडीमालिका)मा शासन गरेका थिए । वैदिककालमा आर्यहरु नागा किराँतहरु र यक्षहरुसंग सम्पर्कमा आएको भनिन्छ । संभवतः उनीहरु तिब्बतका साकाज र हुन्सहरुसंग पनि सम्पर्कमा भएको अनुमान इँतिहाँसविदहरुको छ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान अटकिन्सन्सले भन्नुभएको छ मध्य हिमालीखण्डमा बस्ने खसहरु यक्षहरु भन्दा अरु कोहि थिएनन् । वास्तवमा खप्तड एतिहाँसिक दृष्टिकोणले अनुसन्धानत्मक पर्यटकिय क्षेत्र हुनसक्ने र लामो ईतिहाँस फेलापर्न सक्ने थुप्रै संभावना रहेको ईतिहासविदहरुको दावी छ ।

No description available.
खप्तड २२ पाटन (घाँसे मैदान), ९ वटा दह र ५२ थुम्का, हरियाली जंगल र नागबेली भएर बग्ने खोलाहरुले सजिएको सुन्दर भूभाग हो । यो सुदुर पश्चिम प्रदेशको अतुल्य धार्मिक एवं पर्यटकिय थलो हो । खप्तड त्रिवेणी नदिको किनारमा रहेको शिव मन्दिरमा बर्षेनी जेष्ठ शुक्ल पूणर्िमाका दिन श्रद्धाभक्ति सहित गंगादशहरा मेला लाग्ने गर्दछ ।

यसैगरी भाद्र असोज शुक्ल पूणर्िमाका दिन खापरदह मेला लाग्ने गर्दछ । यसै अवसरमा थुप्रै दर्शनीय स्थलहरुमा खप्तड बाबाको आश्रम, नागढुंगा, केदारढुंगा, बल्ल जुरे (जोरुको जुरो जस्तै), गणेश मन्दिर आदिमा शयर गर्न सकिन्छ । भनिन्छ, भगवान शिव विवाह अघि बैधनाथधाममा बास बसेका र त्यसपछि खप्तडमा आर्युवेद जडीबुटीको प्रयोग गरी बस्ने गर्नु भएको थियो । विवाह पछि चन्दन गिरीमा (सिलगढी) बास भएको र आदर्श पुरुष श्रीरामले शिवको दर्शन चन्दन गिरीमा गर्नु भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
खप्तड धार्मिक क्षेत्रमा प्रसिद्ध भए जस्तै प्राकृतिक सम्पदाका दृष्टिकोणबाट पनि धनी छ । नेपालमा पाईने ६ सय ३० प्रकारका जडीबुटी मध्ये खप्तडमा २२४ प्रकारका जडीबुटी पाईनछन् । यसै गरी ८५८ प्रकारका पंक्षी मध्ये २६६ प्रकारका पंक्षीको बास स्थान हो, यसै गरी ३७० प्रकारका फुलहरुमध्ये १३५ थरीका फुलले सजिन्छ खप्तड ।

No description available.

३४ प्रकारका जंगली वनस्पतिमध्ये खप्तड क्षेत्रमा १६ प्रकारका जंगली वनस्पति पाईन्छन्, संगसंगै २४ जातका रुखहरु, २३ प्रकारका झाडीहरु, ११ प्रकारका घाँसहरु २० प्रकारका जंगली जनावरहरुमा लोपोन्मुख कस्तुरीले खप्तडलाई पनि बासस्थान बनाएको छ । खप्तड २२५ वर्ग किमीमा सिमित भएता पनि साँस्कृतिक, सामाजिक, धार्मिक र प्राकृतिक सम्पदाका दृष्टिकोणले धनी छ र अझै गहन अध्ययन हुन नसकेको कुरा जानकारहरु बताउँछन् । खप्तडमा गल्फ, हिउँमा खेलिने खेल आईस स्केटिङ, घोडदौड, फिल्म सुटिङका कुरा गरेता पनि सबै खाले पूर्वाधारमा सडक, हवाई यातायात, उपयुक्त बासस्थान, प्रभावकारी स्वास्थ्य सेवा जस्ता पक्षहरुले अर्थ राख्छ ।

No description available.
वि.सं २०४२ सालमा स्थापना भएको खप्तडलाई पर्यटकमैत्री र व्यवस्थित बनाउन हालसम्म करोडौ खर्च भईसकेको छ तर अवस्था उस्तै छ । २०६३/०६४ मा गठन भएको खप्तड क्षेत्र विकास समिति २०७५ देखि प्रदेश सरकारको मातहतमा आईसकेको छ तर पनि काम सन्तोषजनक देखिदैन । खप्तड क्षेत्र विकास समितिको पहलमा आयोजना गरिएको प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनमा आगन्तुक अधिकाँश सन्तुष्ठ थिएनन् र जेठ २३ देखि २५ गतेसम्म संचालन हुने भनिएता पनि त्यसैदिन कार्यक्रम लगभग सम्पन्न भईसकेको थियो ।

No description available.

कार्यक्रममा प्रधानमन्त्री, योगगुरु रामदेव, आर्युवेदका ज्ञाता बालकृष्ण आचार्य र पतंजली योगपिठका १४ जना डाक्टरहरु, अमेरिका, भारत र ईजरायलका राजदुत र नेतागणहरुको सहभागिता रहेको थियो । यस अभियानबाट खप्तडकको प्रचारप्रसारमा त योगदान पुग्ने नै छ तर जनु व्यवस्थापन र विकासको अपेक्षा गरिएको थियो त्यसले मन उदास बनायो । खप्तडको विकासका लागि प्रधानमन्त्रीे लुम्बिनी बिकास कोषको मोडेलमा वा प्रतिष्ठानको रुपमा विकास गर्ने सन्दर्भमा बहस गर्ने बताउनु भएको छ । तर बर्षेनी सरकार फेरिने देशमा विश्वास गरिहाल्न सक्ने अवस्था छैन । त्यसो त बाबा रामदेवले खप्तडको विकासका लागि प्रचार प्रसार दुत बन्ने र सरकारले खप्तडको विकासका लागि बनाउने नीति तथा कार्यक्रलाई सहयोग गर्ने बताउनु भएको छ ।

No description available.

बाबा रामदेव र बालकृष्ण आचार्य दुवैले खप्तडलाई स्वीट्जरल्याण्डसंग तुलना गर्नु भएको थियो । बालकृष्ण आचार्यले मुख्यमत्रीलाई खप्तडबाबाको कुटीलाई जीर्वोदार गरी दैनिक लिपपोत र कम्तिमा धुपसम्म बाल्ने व्यवस्थाका लागि अनुरोध गर्नु भएको छ । २०७४ देखि हालसम्म करीब १७००० ले खप्तडको भ्रमण गरेका छन भने बर्षेनी लगभग ७ जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको तथ्यांकले देखाउछ । खप्तडको विकासमा करोडौ लगानी भएको देखिन्छ । के सुपको आर्थिक समृद्धिमा खप्तडले यहि गतिमा योगदान पुर्‍याउन सक्ला त ? त्यसो भए के गर्दा खप्तडले पर्यटक तान्न सक्ला?
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का अनुसार राष्ट्रिय निकुञ्ज भन्नाले प्राकृतिक वातावरणको साथै वन्यजन्तु, वनस्पति र भुदृष्यको संरक्षण, व्यवस्थापन र उपयोगको लागि छुट्याईएको क्षेत्र सम्झनु पर्छ भनेर स्पष्ट पारिएको छ । साथै राष्ट्रिय निकुञ्ज भित्र निषेधित कार्यहरुको धारा ५ को दफा १ मा भएका कुराहरुलाई उपदफा २ ले ठाडै निषेध गरेको छ । यसरी निमाणर् भएका सरल कानुनले आरक्ष र निकुञ्ज कसरी दर्शनिए र आर्थिक समृद्धिका आधार बन्न सक्लान ? धेरैले जस्तै मैले पनि भ्रमण गर्ने स्थानको आम रुपमा अनुभव साँट्ने गरेको छु र थप सुधार गर्ने दृष्टिकोणबाट आलेख तयार गर्छु । तीव्र उत्सुकताकासाथ पहिलो पटक खप्तडको खाश केहि अंशहरु शयर गर्ने जमर्को गरे ।

सुनेको खप्तड र आफैले पाईला टेकेको खप्तडमा बिराट अन्तर पाएँ, यो सबैलाई नहुन सक्छ । मलाई लाग्यो म ३२०० मिटरको उचाईमा रहेको एउटा असरल्ल बस्तीमा पुगें । फाँटभरी चौपाया, बँदेलले आहारका लागि ट्याकटरलेझै जोतेको जमिन र तिनैका खुरले हिलाम्य पाटन र भुक्षयका खण्डहर भागहरु, अव्यवस्थित र मापदण्ड विहिन संरचना, मेलापर्वमा बनाईने फोहर विर्सजन तथा शौचालयका नपुरिएका खाडल र जथाभावी गरिएको फोहरले म अवाक भए । त्रिवेणीसंगै रहेका धर्मशाला घोडा राख्ने तबेला रहेछन, तिनको मलमुत्रले दुर्गन्धित थियो र मिति २०८० जेठ २३ बाट आयोजना गरेको प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलन.लाई लक्षित गरी सामान्य लिपपोत गरिएको थियो । खप्तडको महिमालाई यो उचाईमा पुर्‍याउने खप्तडबाबा आश्रम जीवन्त संग्राहलय हुनुपथ्र्यो तर आश्रम बसाई सरेर गएको खण्डहर घरजस्तै थियो । सायद सुन्दरता थप्ने प्रयास गरेको होलान पूर्वतर्फ र पश्चिमतर्फ सिमेन्ट र फलाम जडित प्रवेशद्धार निमाणर् गरिएका छन् ।

ठाँउठाउँमा अग्ला थुम्का छन, त्यसैलाई कुरुप बनाउने गरी आजभोलिको फेशन भ्यू टावर निमाणर् गरिएका छन् । नेपाली सेनाको व्यारेक रहेको स्थानमा निमाणर् गरिएको बाटोको ढुंगा व्यवस्थापन र मर्मत हुननसक्दा पाटन ढुंगे बगर जस्तै लाग्छ । गोठ निमाणर् तथा ईन्धनका लागि गरिने जंगल विनाश र खोलाका धार परिवर्तनले ससाना भुक्षय गईरहेका र ठूला भुक्षय जानसक्ने देखिन्छ । मान्छेको यति सहज चहलपहलले निर्वाध रुपमा जडीबुटी संकलन र चोरी निकासी हुने कुरामा अनुमान लाउन गाह्रो छैन ।
तपाई कुनै ठाउँ घुम्न जाँदै हुुनुहुन्छ, अथवा भ्रमण गर्ने सोच बनाउनु भएको छ भने त्यस ठाउँको विशिष्टताका बारेमा तपाईको मनमा अविरल आत्मसंवाद भईरहन्छ । साथै अनन्त उत्सुकता, जिज्ञाँसा र हुटहुटी उत्पन्न भईरहन्छ । यदि तपाईले त्यस स्थानको रस्वासदन गरिसक्नुु भएको छ भने अब पालो आउँछ चिन्तन, मनन गर्ने र राय बनाउने, त्यसपछि आमरुपमा विचार पस्कने । अब ठाउँ बिशेषका बारेमा भ्रमणकर्तामा सकारात्मक अथवा अस्वीकारात्मक कस्तो छाप बस्यो भन्ने कुराले व्यापक अर्थ राख्छ । भ्रमणकर्ताले संम्प्रेषण गर्ने यर्थाथ अनुभूतिहरुका आधारमा सम्बन्धित निकाय, सरोकारवाला र स्थानीयले सच्चिन सकेन भने ठाउँ बिशेषलाई शब्द गुच्छाले सिगार्न आवश्यक छैन ।
खप्तडको मुख्य भुभागमा रहेका सबै क्षृेत्रका गोठानहरु तत्काल हटाउने र खुला चरिचरन पूणर्रुपमा प्रतिबन्ध गर्नुका साथै भुक्षय, पहिरोलाई रोक्न तत्काल पहल गर्ने र खोलाको वहावलाई कजोर बनाउन उपयुक्त प्रविधिको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । साँच्चै खप्तड राष्ट्रिय निकुञ्ज हो वा बस्तुभाउ चरन क्षेत्र हो टुंगो लगायन मुश्कील भईरहेको छ ।खुल्ला चरिचरनले गर्दा बस्तुभाउका खुरले माटो जोतिने र बिशेष गरी बँदेलले आहारका लागि घाँसे मैदान जोतेर स्वस्प नै बिगारी सकेको छ । यसरी खुकुलो भएको माटोलाई बर्षाको पानीले माटो बगाउँदा भूक्षय र पहिरो जाने, खोलाको सतह बढ्न गई सम्म भुभाग बगरमा परिणत भएकाले बँदेलको समेत स्थानान्तरण आवश्यक छ ।

अस्तव्यस्त सर्वत्र आधुनिक संरचना निमाणर् गर्न रोक्नु पर्ने देखिन्छ, मौलिक सामाजिक तथा सांस्कृतिक पहिचान झल्कने खालका संरचना निश्चित स्थानमामा निमाणर् गरौ । गाउँ झै लाग्ने खप्तडलाई बस्ती विकास हुनबाट जोगाउ र पाटन पिच्छे मैदानको किनारतिर ओत लाग्ने गरी धर्मशाला निमाणर् गर्न सकिन्छ । निमाणर् भएका पर्यटक धर्मशाला बस्तुभाउको गोठ हुनबाट जोगाउ र नियमित रुपमा मर्मतसम्भार र सफा राख्ने व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ । साथै मेलापर्वमा आउन सक्ने पर्यटक तथा तीर्थालुहरुको पूर्वानुमान गरी समयमै वासस्थान र पानीसहितको शौचालय निमाणर् गरौ र मेलापर्वमा उत्पन्न हुने फोहरको उचित व्यवस्थापनका लागि प्रबन्ध गरौ ।

साथै प्रयोगमा ल्याईएका खाडल र शौचालयहरु पुरानै स्वरुपमा ल्याउने काम गर्नै पर्छ । जडीबुटीका सम्बन्धमा चर्चा चल्छ तर यसबाट लाभ के भईरहेको छ पत्तै छैन । त्यसैले यस क्षेत्रमा हुने जडीबुडीको सुची तयार गरी प्रबद्र्धन गर्ने र रोपण गरेर लाभ लिन सक्ने वातावरणको सिर्जना गर्नमा ढिलाई भई सकेको छ । बिना लाभको प्रचारबाजीको सार्थकता रहँदैन । खप्तड क्षेत्रमा बहुमुल्य पथ्थर टुरमालिन भएको पुष्टि भईसकेको छ र यसको संरक्षण र सदुपयोगका सम्बन्धमा पनि पहल हुन जरुरी छ । साथै यस क्षेत्रममा अन्य खनीज तत्वहरु पाईन सक्ने संभावना रहेको देखिन्छ । चारै जिल्लाबाट खप्तड पुगने बाटाहरु सुरक्षित र निश्चित स्थानमा व्यवस्थित पानी सहितको धर्मशाला बनाउन जरुरी छ र खप्तडलाई सडक मार्गबाट बढीमा ४ घंटाको पैदलमार्ग राख्दा उपयुक्त होला ।

यसैगरी पर्यटक, पर्यावरण वन्यजन्तुको समेत सुरक्षालाई ध्यानमा राखी निकुञ्ज प्रवेश र निस्कन सडक मार्गबाट घोडाको व्यवस्था भए स्थानीयलाई फाईदा हुने देखिन्छ । आपतकालिन अवस्थामा नजिकको स्वास्थ्य संस्थामा पुग्न बिशेष एक सडकलाई कालोपत्रे बनाउन आवश्यक छ । यी ससाना तर महत्वूण कार्यहरुलाई प्राथमिकता दिन सक्यौ भने सुनको कचौरा थाापेर सहयोगका लागि आस गर्ने प्रवृतिको अन्त्य हुनसक्छ कि भन्ने आस जागेर आउछ । परिवर्तन संभव छ ।

चर्चामा

सम्बन्धित समाचार