सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • नेताले गलत बाटो छोपे त्यो मान्ने कर हुँदैन

नेताले गलत बाटो छोपे त्यो मान्ने कर हुँदैन

  • मङ्लबार, असार २६, २०८०
नेताले गलत बाटो छोपे त्यो मान्ने कर हुँदैन

सुरेशकुमार पाण्डे — गजल

नेताले गलत बाटो छोपे त्यो मान्ने कर हुँदैन,
यस्ता नेताले कुनदिन देश बेच्छन् भर हुँदैन।

सरकार पनि बिदेशीकै रहिछ खेलौना हाम्रो,
युवा बिहिन बनायो देशनै छाड्ने रहर हुँदैन।

धन बिदेशीलाई दिनुपर्छ बिदेशमै कमाएको,
जिन्दगीभरी कमाउँदा एउटा राम्रो घर हुँदैन।

नेता बनेपछि देश बेचेर खान मिल्छर देशमा,
यी छाडा भए इनिहरूलाई कसैको डर हुँदैन।

पुँजिवादले कब्जा गर्यो संसार नै गरिब मारा,
श्रमजिविको आफ्नो सेवाय धर्ति सगर हुँदैन।

 ११-०७-२०२३

चर्चामा

सम्बन्धित समाचार