बाजुरा–हिमाली गाउँपालिका ३ गुम्बाका ३५ बर्षका मंगल थापा गुम्बाको छिन्दु खोलामा बगेर बेपत्ता भए । बेपत्ता भएको ७ महिना पछि मात्र ५ मिटर तल अस्थिपञ्चर लुगाकपडा ढुगांको खोचमा अड्किएको भेटिए ।
गुम्बा गाउँको बिकेनी चौरपटानमा भेडा चराइ घर आउदा छिन्दु खोला तर्ने बेला २०७८ साल असोज ९ बगेर उनि बेपत्ता भए । घरपरिवार प्रहरि खोजि कार्य गरे । उनलाइ कतै भेटाएन्न, २०७८ चैत २१ गोरु चराउन गएका गोठाले खोलामा अड्किएको भेटाए ।
छिन्दु खोलामा झोलुङ्गे पुल नहुदा श्रीमान मंगल बगेर बेपत्ता भएको श्रीमति छोजोम लामाले वताईन् । ७ महिना पछि उनलाइ भेटाएको छेमाले वताईन् । ३ गुम्बाको छिन्दु खोलामा झोलुङ्गे पुल नहुदा बर्षेनी बगेर बेपत्ता तथा मृत्यु हुने गरेको छ । ११ बर्षमा मंगल सहित ८ जना खोला तर्ने बेला बगेर बेपत्ता तथा मृत्यु भइरहको छ ।
ज्यानमारा खोलाका रुपमा चिनिदै आएको छिन्दु खोलामा अहिले सम्म झोलुङ्गे पुल निर्माण हुन सकेको छैन् । पटक पटक सञ्चार माध्यममा समचार आउदा सम्म पनि झोलुङ्गे पुल निर्माणमा कसैको ध्यान नगएको स्थानिय जगत लामाले वताएका छन् । चुनावका बेला सधै भोट पुल बनाइदिने भनेर भोट माग्ने गरेको, जितेपछि कसैले पनि वास्ता नगरेको लामाको भनाई छ ।
छिन्दु खोलामा ११ बर्ष यता ८ जनाको नदिमा बगेर बेपत्ता तथा मृत्यु भएको स्थानिय लालु कुबर भोटेले वताए । .नदि तरेर हिमाली गाँउपालिका ३ गुम्बा, लाम्पाटा गाँउ र हिमाली क्षेत्रमा जाने गर्छन् । ११ बर्ष यता मात्र आफुलाइ जानकारी भए अनुसार ८ जनाको बगेर बेपत्ता भएका छन्, केही त आफुहरुलाइ पनी थाहा नभएको स्थानिय जगत लामाले वताएका छन् ।
मंगल थापा, छन्देब लामा, फुली गुरुङ्ग, लुलु गुरुङ्ग, फुलमाया कुवर र गुराउसे लामा आफुहरुले नदि तर्ने बेला बगेर मृत्यु भएको जानकारी छ, नत्र यो बाटो भएर भेडा, बाख्रा, चौपाया लिएर धेरै जान्छन्, अरुको पनि मृत्यु भएको हुन सक्ने लालु कुवरले वताए ।
मानिस मात्र नभई पशु चौपाया त बर्षेनी धेरै बगाएर मर्ने गरेका छन् ।
नदिमा पुल भएको भए यसरी ज्यान जाने थिएन्, निकै बिकट भएकाले कसैले सुनिदिदैन्, बाध्य भएर आवतजावत गर्ने गरेका छौ, बाध्यताले ज्यान जाने गरेको स्थानिय फुलमति गुरुङ्गले वताईन् । छिन्दु खोला र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर पनि स्थानिय वारपार गर्ने गरेको स्थानियले वताएका छन् । बाजुराको सर्वाधिक बिकट गुम्बा गाँउ जाने दुई नदिमा झुलङ्गे पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरेका छन् । बर्षातको समयमा भने पुर्ण रुपमा आवतजावत बन्द हुने गरेको छ ।
नदि ठुलो भएकाले हिउँदको समयमा पनि नदि तर्न सकिदैन् । गुम्बा गाँउमा २६ परिवार र लाम्पाटा गाउँमा १२ परिवार बसोवास गर्ने गरेका छन् । हिमाली गाँउपालिका बौडी देखी गुम्बा पुग्दा सम्म दुबै नदिमा झुलङ्गे पुल नहुँदा कष्टकर तरिकाले नदि तर्ने गरेको लाच्के लामाले वताए ।छिन्दु खोला झुलङ्गे पुल नुहदा गुम्बा गाँउमा मात्र नभइ हिमाली भेग तिर जान र सैन हिमालमा जडिबुटि संकलन गर्न जान आवतजावत गर्न निकै समस्या भएको छ । झुलङ्गे पुल निर्माणका लागि पटक पटक पहल गर्दा पनि कतै बाट सहयोग नभएको स्थानियले वताएका छन् ।
नदिमा झुलङ्गे पुल नभएर बाटो पनि अप्ठयारो भएकाले गुम्वा बाट स्वास्थ्य चौकी, कोल्टि मार्तडी आउन जान लागि जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । बर्षातका ४ महिना त गुम्वा र बाजुराको सम्पर्क बिच्छेदनै हुने गरेको छ । गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले नदिमा झोलुङ्गे पुलको लागि पहल भइरहेको वताए । निकै विकट भएकाले पुल निर्माण गर्नमा समस्या भएको मल्लले वताए ।