बाजुरा–बडिमालिका नगरपालिका ९ बस्ने बासमती थापाको ६ बर्षको छोरा शंकर डडाल उपचार अभाबमा बिचल्लीमा परेका छन्। शंकरको खुट्टा २ बर्ष देखी घाउ भएको छ, अस्पातलले रिफर गरेको भएपनि पैसा नहुदा अलपत्र अबस्थामा रहेका छन् ।
जिल्ला अस्पताल बाजुराले पटक पटक रिफर गर्दै आएको छ । जिल्ला अस्पताल बाट अछामको बयलपाटा अस्पतालमा ७ पटक उपचारमा लगेका थिए । बयलपाटा अस्पतालमा पनि सञ्चो नहुने भन्दै धनगढी, नेपालगञ्ज, काठमाडौ रिफर गरेपनि पैसा नभएर घर ल्याउने गरेको बुवा दान बहादुर डडालले वताएका छन् ।
शंकरको खुट्टामा घाउ पाक्ने गरेका छन् । जग्गा बेचेर अछामको बयलापटा अस्पताल सम्म उपचारमा लगेको थियौ, त्यहाँ ठिक भएन्, अन्यत्र लिन पैसा नहुदा उपचार हुन नसकेको आमा बासमती थापाले वताईन् । बासमती दुबै आँखा देख्न सक्दैनन् भने श्रीमान दान बहादुर अशक्क्त र राम्रो सँग बोल्न सक्दैनन् ।
बासमती छोराको साहारामा हिडडुल गर्ने गरेकि छन् । उनको ५ जनाको परिवार रहेको छ । श्रीमान र छोरा बिरामी सँगै उनको परिवारमा चरम खाद्य संकट भएको छ । श्रीमानले काम गरेर वा कसैले दिएपछि खाने गरेका थियौ, श्रीमान पनि अशक्त्त भएपछि खाद्यन्नको जोहो गर्न पनि निकै धौ धौ भएको बासमतीले वताईन् ।
बासमतीको छोरा शंकरको खुट्टामा घाउ पाकेर पिप बगिरहेको छ । आफु आँखा देख्दैन, अर्को पैसा छैन्, छोरालाइ उपचार गर्न लग्ने कुनै उपाय नभएको बासमति थापाले वताईन् । आर्थिक नभएपछि नत उपचार गर्न सकेकि छन्, नत खाद्यन्नको ब्यबस्थापन गर्न नसकेको बासमतीले वताईन् । चिकित्सकले पटक पटक काठमाडौ तथा सुबिधा सम्पन्न अस्पताल लग्ने भनेपनि पैसा नहुदा अलपत्र अबस्थामा रहदै आएका छन् ।