शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • देश
  • दार्चुलामा एक बालकको स्कुलमै मृत्यु

दार्चुलामा एक बालकको स्कुलमै मृत्यु

  • सोमवार, असार १८, २०८०
दार्चुलामा एक बालकको स्कुलमै मृत्यु

दार्चुला–   दार्चुलाको एक स्कुलमै बालकको मृत्यु भएको छ। जिल्लाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर–६ धङकङ छिपुलाकेदार मावि कक्षा ५ मा अध्ययनरत रहेका विद्यार्थीको स्कुलको कम्पाण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आइतवार विद्यालयमा खेलिरहेका बेला मानसिह महताका छोरा अन्दाजी १२/१३ वर्षीय समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०÷६० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको उनले बताए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार