सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • केन्यामा भएको सडक दुर्घटनामा ४८ को मृत्यु

केन्यामा भएको सडक दुर्घटनामा ४८ को मृत्यु

  • शनिबार, असार १६, २०८०
केन्यामा भएको सडक दुर्घटनामा ४८ को मृत्यु

नैरोबी– पश्चिमी केन्याको लण्डियानीमा सवारी दुर्घटनामा परि कम्तिमा ४८ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ढुवानी कन्टेनर बोकेको लरी अनियन्त्रित हुँदा धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रहरी तथा प्रत्यक्षदर्शीले बताएका छन् ।

लरीले ६ भन्दा बढी सवारी साधनलाई ठक्कर दिएको जनाइएको छ । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेको छ । मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी समेत रहेका छन् । दुर्घटनापछि यसका धेरै भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएको छ ।

दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिएँ’, उनले भने ।

केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘लण्डियानीमा भएको भयानक सडक दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति राष्ट्र शोकमा छ ।’

यो दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक हो। गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट नदीमा खसेको थियो। उक्त दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार