बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना अझै बेपत्ता

बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना अझै बेपत्ता

  • शुक्रबार, असार १५, २०८०
बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना अझै बेपत्ता

किमाथाङ्का –   सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए ।

चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शव परीक्षणका लागि ल्याइएको उनले बताए । फेला परेको शव पाँचखपन नगरपालिका–७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरे पनि पुष्टि हुन सकेको छैन ।

बाढी पहिरोमा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढी पहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार