शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • देश
  • मुख्यमन्त्री कार्कीले भने- ‘अध्यादेशबाट बजेट ल्याउने बाध्यता भयाे’

मुख्यमन्त्री कार्कीले भने- ‘अध्यादेशबाट बजेट ल्याउने बाध्यता भयाे’

  • बिहिबार, असार १४, २०८०
मुख्यमन्त्री कार्कीले भने- ‘अध्यादेशबाट बजेट ल्याउने बाध्यता भयाे’

विराटनगर–   कोशी प्रदेशसभाको तेस्रो अधिवेशन सुरु भएको छ । प्रदेशसभामा सरकारको तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका छन् । सो क्रममा संक्षिप्त मन्तव्य दिँदै कार्कीले पटकपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु राम्रो संकेत नभएको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएपछि प्रदेशको नामकरण गर्नु महत्वपूर्ण उपलब्धी भएको उनले बताए । कार्कीले नीति तथा कार्यक्रम आउने अघिल्लो दिन र बजेट आउनुभन्दा ९ दिन अगाडि सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको विषयमा असन्तुष्टि व्यक्त गरे । कोशी प्रदेशभित्र त्यहीबाट अस्थिरताको खेल सुरु भएको बताउँदै मुख्यमन्त्री कार्कीले साेहीकारण संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन बाध्य हुनुपरेको बताए ।

चर्चामा

सम्बन्धित समाचार