आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भाेट नहाल्ने

जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भाेट नहाल्ने

  • बिहिबार, असार १४, २०८०
जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भाेट नहाल्ने

विराटनगर   –   जसपाले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ।

जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो।

जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको बताए । ‘हामी पहिचानको आन्दोलनमा छौ, मतदान प्रक्रियामा सहभागी हुन्नौं, उनले भने,´पार्टी प्रदेश कमिटी र संसदीय दलको निर्णय यही हो।`

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन्। जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए ।

चर्चामा

सम्बन्धित समाचार