शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • समाचार
  • तरुण दलको तदर्थ समितिमा ४०० जना मनोनीत

तरुण दलको तदर्थ समितिमा ४०० जना मनोनीत

  • बिहिबार, असार १४, २०८०
तरुण दलको तदर्थ समितिमा ४०० जना मनोनीत

 काठमाडौं– नेपाली कांग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति बनाएको छ । गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन् । पार्टीभित्रको गुट-उपगुट मिलाउँदा तरुण दलको जम्बो तदर्थ समिति बनेको कांग्रेस स्रोतले बतायो । आन्तरिक गुटबन्दीका कारण तरुण दलसहित कांग्रेसका भातृ संस्थाहरुले लामो समयदेखि महाधिवेशन गर्न सकेका छैनन् ।

मनोनयन हुनु भएका सदस्यहरू

      

चर्चामा

सम्बन्धित समाचार