मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न

गौमुल गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न

  • बुधबार, असार १३, २०८०
गौमुल गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न

रमित वि.क.– गौमुल गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सरकारले एक वर्षमा सम्पादन गरेका कामहरुको प्रगति प्रतिवेदन सहित कार्यक्रमको आयोजना गरिएको हो ।
सरकारले गरेका कामहरुको बारेमा जनताहरुले प्रत्यक्ष सुन्ने, बोल्ने र प्रतिक्रिया दिएर आफुहरुले जवाफ दिने गरी कार्यक्रमको आयोजना गरिएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।
जनताहरुका मनमा कतिपय गुनाँसा, प्रश्न र सुझावहरु गुम्सिएर रहने तर कतैपनि व्यक्त गर्ने ठाउँ नभेटाउन परिस्थिति समेत रहने भएका कारण सार्वजनिक सुनुवाई कार्यक्रमले मद्दत पुगेको विश्वास आफुहरुले लिएको उनले बताए ।
कार्यक्रममा अध्यक्ष रोकायाले गाउँपालिका प्रति प्रश्न, गुनाँसाहरु भएमा पालिका तथा वडामा रहेका सुझाव र गुनाँसो पेटीकामा एक हप्ताभित्र पोष्ट गर्न समेत अनुरोध गरेका छन् । सुशासन बिना सरकार चल्नु हुन्न, सरकार जनताको अभिभावक हो भन्ने आभास दिलाउने गरी कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
सरकारका कमीकमजोरी औल्याउन र थप सचेत गर्न कार्यक्रमले महत्वपूणर् भूमिका खेलेको थापाले बताईन् । जनताहरुले सरकार प्रति टिकाटिप्पणी समेत सुनाउने माध्यामको रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी बनेको छ । कार्यक्रममा गाउँपालिकाले एक वर्षमा सम्पादन गरेका क्रियाकलापको प्रतिवेदन अध्यक्ष हरि बहादुर रोकायाले प्रस्तुत गरेका थियो, भने आर्थिक प्रतिवेदन गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले प्रस्तुत गरेका थिए।
कार्यक्रमको प्रमुख बक्ता गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया, वतmाको रुपमा उपाध्यक्ष सीता थापा र प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्ट रहेका थियो । उपस्थिति जनताले प्रत्यक्ष रुपमा सरकारका प्रमुख र उप-प्रमुखलाई प्रत्यक्ष गुनाँसा, प्रश्न र सुझाव दिएका थिए ।
जनताहरुका गुनाँसा, प्रश्नलाई तीनै जना बक्ताहरुले पालैपालो जवाफ दिएका थिए । जनताहरुले चित्त नबुझेका प्रश्नहरु फेरि दोहोर्याएर समेत जवाफ माग गरेका थिए । कार्यक्रमका सहभागीहरुले सरकारले आफुहरुका आधारभुत आवश्यकता पूरा गरिदिनुपर्ने माग राखेका थिए । सरकारले गरेका क्रियाकलापहरुको आलोचना र समालोचना गर्दै केही आधारभुत आवश्यकता पूरा गरेको भएपनि बाँकी थप गर्नुपर्ने अधिकांशको अभिालाषा रहेको थियो ।
कार्यक्रमको नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका उपाध्यक्ष संगीता तिमिल्सेना र सचिव रमित विकले सहजीकरण गरेका थिए । गौमुल गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराको सहजीकरणमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । गौमुल गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा १ सय ५० बढीको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार