बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिकाको बजेट ४५ करोड ५८ लाख, कृषि, स्वास्थ्य र शिक्षालाई जाेड

खप्तड छेडेदह गाउँपालिकाको बजेट ४५ करोड ५८ लाख, कृषि, स्वास्थ्य र शिक्षालाई जाेड

  • सोमवार, असार ११, २०८०
खप्तड छेडेदह गाउँपालिकाको बजेट ४५ करोड ५८ लाख, कृषि, स्वास्थ्य र शिक्षालाई जाेड

बाजुरा – खप्तड छेडेदह गाउँपालिकाले आर्थिक बर्ष ०८०÷०८१ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष विसु नाथले १३ औं गाउँ सभामा ४५ करोड ५८ लाख बजेट सार्वजनिक गरेकी छन । गाउँपालिकाकाे १३ औं गाउँ सभामा गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले नीति तथा कार्यक्रम पेश गरेका थिए । गाउँपालिकाका अध्यक्ष रावतले कृषि शिक्षा,स्वास्थ्य, र पर्यटनलाई विशेष प्राथमिकतामा राख्दै निती तथा कार्यक्रम ल्याएकाे बताएका छन ।गाउँ सभा पालिकाको सभा हलमा संचालन गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्ष का लागि ४५ करोड ५८ लाख ४४ हजार ३ सय बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाकाे १३ औं गाउँ सभाले कृषि, स्वास्थ्य तथा पर्यटन र शिक्षालाई प्रमुख प्रथामिकतामा राखेर बजेट विनियाेजन गरेकाे छ । गाउँपालिकाकाे १३ औं गाउँ सभाले शिक्षा युवा तथा खेलकुदका लागि १ कराेड ५० लाख बजेट छुट्याएकाे छ । त्यस्तै स्वास्थ्यमा ५० लाख कृषिमा ४० लाख बजेट विनियाेर्जन गरेकाे छ । गाउँपालिकाका सातै वडा कार्यालयहरुका लागि ४ कराेड ६८ लाख ४५ हजार लगायत अन्य सबै क्षेत्रमा बजेट विनियाेजन गरेकाे गाउँपालिकाले जनाएकाे छ ।

बजेटमा संघको समानीकरणमा १० करोड ४१ लाख र प्रदेशको १ करोड बजेटको अनुमानित गरिएको प्रस्तुत गरेको गाउँपालिकाकी सूचना अधिकारी मिरा जाेशीले बताएकी छन ।

संघको शसस्त्र चालुमा १७ करोड ८७ लाख र पुजिगँतमा १ करोड ६२ लाख र समपुरक ५० लाख, बिशेष अनुदान १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । यस्तै प्रदेशको वित्तिय समानीकरण १ करोड, समपुरक ८० लाख,विशेष अनुदान ७० लाख र राजस्व बाँडफाँड १५ लाख र आय २ करोड ५० लाख तथा गाउँपालिकाको आन्तरिक आम्दानी ३० लाख बजेट विनियोजन गरिएको सूचना अधिकारी जाेशीले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार