शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा विपद अभ्यास कार्यक्रम सञ्चालन

बडिमालिका नगरपालिकामा विपद अभ्यास कार्यक्रम सञ्चालन

  • सोमवार, असार ११, २०८०
बडिमालिका नगरपालिकामा विपद अभ्यास कार्यक्रम सञ्चालन

बाजुरा– बडिमालिका नगरपालिकामा विपद सम्भन्धि अभ्यास अभिमुखिकरण कार्यक्रमकाे आयाेजना गरिएको छ । बडिमालिका नगरपालिकाको समन्वय तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखराको आयोजनामा विपद अभ्यास कार्यक्रम संञ्चालन गरिएको हो । विपद ब्यबस्थापन तथा न्यूनिकरणका साथै विपद प्रतिकार्यमा स्थानिय सरकार, पालिका स्तरको विपद ब्यबस्थापन समिती र समुदाय स्तरमा रहेको विपद दुर्तप्रतिकार्य समितीको क्षमता अभिबृद्दी गर्ने उद्देश्यका साथ अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको आइएनएफ नेपालका परियोजना संयोजक खेमराज मिश्रले बताएका छन ।

विपद अभ्यास कार्यक्रम लाई सम्बोधन गर्दै बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले आईएनएफ नेपाल बाजुराले पालिकामा जलबायू अनुकूलन विपद ब्यवस्थापन लगायतका थुप्रै बिषयमा काम गरिरहेकोमा संस्था लाई धन्यवाद ब्यक्त गर्दै आगामि दिनमा पनि सहकार्य गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिएका छन ।
कार्यक्रममा विपद आउनु पूर्व अबस्थाको तयारी विपद भईसके पछि गरिनु पर्ने दुर्त प्रतिकार्यका बिषय, हाल पालिकामा उच्च विपद जोखिममा रहेका बस्तीहरुको पहिचान , उक्त बस्तीहरु लाई स्तान्त्रण गरिनु पर्ने ठाँउका बारेमा र स्थानिय स्तरमा विपद स्वयम सेवकले खेल्नु पर्ने भुमिकाका बिषयमा छलफल तथा जानकारी गराईएको थियो ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा नगरपालिका उप प्रमुख नन्दा थापा, सबै वडाका वडा अध्यक्षहरु ओपि संयोजक ताराहाङ तावा, आई एन् एफ. नेपाल बाजुरा परियोजना अधिकृत खेमराज मिश्र अतिथी पत्रकार लगायतका उपस्थिीती रहेको थियो ।
कार्यक्रमको संञ्चालन दिगो जिबिकोपार्जनका लागी जलवायूपरिवर्तन अनुकूलन परियोजना अधिकृत राजेस राईल गरेका थिए । भने कार्यक्रममा जनप्रतिनिधी,स्थानिय विपद ब्यबस्थापन समिती,समुदाय स्तरको दुर्तप्रतिकार्य समिती, बिभिन्न शाखाका शाखा प्रमुख, प्रत्यक वडा बाट विपद स्वयमसेवक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै आइएनएफ नेपालले नगरपालिकालाइ विपद् पूर्व तयारी सामान वितरण गरिएको छ । आई. एन. एफ. नेपाल हरियो खर्क पोखराद्धारा संञ्चालित सामुदायिक चिकित्सा परियोजना अन्तर्गत विपद् पूर्व तयारी सामाग्रीहरु बितरण गरिएको आइएनएफ नेपालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार