शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिकाले बडिमालिका खवरका सम्पादक सिंह लगायत ७ जना पुरस्कृत्त

बुढीगंगा नगरपालिकाले बडिमालिका खवरका सम्पादक सिंह लगायत ७ जना पुरस्कृत्त

  • आइतवार, असार १०, २०८०
बुढीगंगा नगरपालिकाले  बडिमालिका खवरका सम्पादक सिंह लगायत ७ जना  पुरस्कृत्त

बाजुरा– बुढीगंगा नगरपालिकाले समाज विकासमा योगदान पुर्याउने बडिमालिका खवरका प्रकाशक तथा सम्पादक प्रकाश सिंह लगायत ७ जना पुरस्कृत भएका छन ।  पालिकाले चार ओटा विधामा विशिष्ठ व्यक्तिको नाममा पुरस्कार स्थापना गरेको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् ।

बुढीगंगाले प्रत्येक वर्षको नगर सभामा हस्तान्त्रण गर्ने गरि यो वर्षबाट पुरस्कार घोषणा गरेको छ । घोषणा गरिएका पुरस्कार यो वर्ष पालिकाले वितरण समेत गरेको छ । शेरबहादुर शाह समाज सेवा पुरस्कारबाट पत्रकार तथा समाजसेवी प्रकाशबहादुर सिंह, नरसिंह गिरी शैक्षिक सुधार पुरस्कारबाट कृष्णबहादुर सि‌ह, रत्नाकर जैशी साहित्य लेखनमा जहरसिंह थापा र चेतनदीप अयडी सफल युवा उद्यमी पुरस्कारबाट भोला जैशी सम्मानीत भएका छन् ।
पालिकाले उत्कृष्ट कर्मचारीमा माया कुमारी थापा, शैक्षिक क्षेत्रमा रामबहादुर रावल, स्वास्थ्य कर्मीमा हिरालाल जैशी सम्मान गरिएको नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् । बुढीगंगाले स्वर्गिय एमाले नेता टिका विकको सम्मानमा टिका विक स्मृति प्रतिष्ठान गठन गरि सामाजिक रुपान्तरणका कार्यक्रम अघि बढाउने निर्णय समेत गरेको छ ।
समाज विकास भौतिक संरचनाले मात्र नहुने र योगदान र योग्यताको कदर गर्ने परिपार्टीले पनि सामाजिक विकासमा प्रभाव राख्ने भएकोले यो नीति लिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । पालिकाले अग्रजको सम्मान, नयाँलाई प्रोत्साहनको नीति अनुसार नै पुरस्कार स्थापना गरि सम्मान गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार