मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाले ‘गौमुल प्रहरी’ भर्ना गर्दै

गौमुल गाउँपालिकाले ‘गौमुल प्रहरी’ भर्ना गर्दै

  • आइतवार, असार १०, २०८०
गौमुल गाउँपालिकाले ‘गौमुल प्रहरी’ भर्ना गर्दै

रमित वि.क.– गौमुल गाउँपालिकाले ‘गौमुल प्रहरी’ भर्ना गर्ने भएको छ । गाउँपालिकाको सार्वजनिक सम्पत्तिको सुरक्षा तथा गाउँ पालिकामा शान्ति सुरक्षा कायम गर्न र गाउँपालिकाले लागु गरेको मदिरा व्यवस्थापनलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न ‘गौमुल प्रहरी’ भर्ना गर्ने अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।
गाउँपालिकाको १३ औं अधिवेशनले ‘गौमुल प्रहरी’ भर्ना सम्बन्धी कार्यविधि गाउँ सभाबाट अनुमोदन गरिएको प्रवक्ता देव बहादुर रोकायाले बताएका छन् ।

आफ्नो गाउँको सुरक्षा यहाँकै नागरिकले गरुन् भन्ने उद्देश्यका साथ यस्तो निणर्य गरिएको हो । पालिका भित्रका सार्वजनिक सम्पत्तिको रक्षा, विकास निर्माणमा हुने अवरोधको सामना, सभा-सम्मेलनलाई व्यवस्थित बनाउन ‘गौमुल प्रहरी’ आवश्यकता देखिएको अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् ।

No description available.
‘नेपाल प्रहरी माथिल्लो तहमा हुन्छ, उसले स्थानीय तहमा हुने साना तिना सामुदायिक काममा हातहाल्न नमिल्ने पनि हुने भएका कारण त्यस्तो अवस्थामा हामीलाई गाउँ प्रहरी चाहिने भएकाले स्थानीय तहलाई दिईएको अधिकार उपयोग गर्ने निणर्य गरिएको उपाध्यक्ष सीता थापाले बताएकी छन् ।
गाउँपालिकामा हुने दैवीप्रकोप बाढी पहिरो, महामारी जस्ता विपद् जन्य कार्यमा सघाउन, गाउँपालिकामा सुरक्षा व्यवस्था कडा बनाउन, गाउँपालिकाबाट जारी गरिएको मदिरा व्यवस्थापनको नीतिलाई थप कडाईका साथ व्यवस्थापन गरी कार्यान्वयन गर्न, गाउँपालिकाको वन पैदावार, चोरी पैठारी रोक्न र अवैध गाउँपालिकामा घुम्ती व्यापारीको रुपमा आएर ठगी गर्ने घुम्ती व्यापारीलाई व्यापार गर्न नदिने गरी ‘गौमुल प्रहरी’ व्यवस्थापन गरिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार