शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकाको बजेट ४७ करोड ३६ लाख, कालाजग्रा पाेरखे घुम्ने पर्यटकलाइ खसी उपाहार

बडीमालिकाको बजेट ४७ करोड ३६ लाख, कालाजग्रा पाेरखे घुम्ने पर्यटकलाइ खसी उपाहार

  • आइतवार, असार १०, २०८०
बडीमालिकाको बजेट ४७ करोड ३६ लाख, कालाजग्रा पाेरखे घुम्ने पर्यटकलाइ खसी उपाहार

बाजुरा– बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट प्रस्ताव गरेको छ । संघ र प्रदेशबाट प्राप्त बजेट, दाता निकायसँगको साझेदारीमा सञ्चालित कार्यक्रम र आन्तरिक राजश्वबाट प्राप्त आम्दानी गरि ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट प्रस्ताव गरेको हो ।

आज ल्याएकाे निति तथा कार्यक्रम अन्तरगत कालाजग्रामा पाेरखे लेक क्षेत्रमा आउने जिल्ला बाहिरका पर्यटकलाई बाेका उपहार दिने भएकाे छ । नगरपालिकाले पर्यटककाे रुपमा घुम्न आउदा २० जनाकाे समुह बनाएर आउने पर्यटक एक खसी उपहार दिने निति बनाएकाे हाे ।

बडिमालिका नगरपालिकाकाे ०८०/०८१ नीति तथा कार्यक्रम  पर्यटन प्रद्वन गर्न मार्तडी बडिमालिका सडक स्तर उन्नति । बडिमालिका क्षेत्रमा खर्क स्टे र कालाजग्रा क्षेत्रमा हामस्टे संचालन गरिने, बडिमालिका नपा-८ रहेकाे रानिवनमा हरित पार्क तथा ध्यानकेन्द्र बनाउन पहल गर्ने लगायत रहेकाे छ ।

नगर उपप्रमुख नन्दा कुमारी थापाले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकी हुन् । नगर प्रमुख अमर बहादुर खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि बडीमालिकाले आर्थिक वर्ष २०८०।८१ मा उत्पादनमा केन्द्रीत हुने कार्यक्रम प्रस्तुत गरेका थिए ।
बडीमालिकाले आन्तरिक राजश्वबाट ३ करोड ५४ लाख ४३ हजार ५ सय, संघिय सरकारबाट विभिन्न शिर्षका प्राप्त ३० करोड २२ लाख, प्रदेश सरकारबाट प्राप्त ४ करोड ४३ लाख ८८ हजार र संघ र प्रदेश सरकारको बाँडफाँड सहीतका योजनाबाट प्राप्त ४ करोड १८ लाख ८ सय ४ रुपैया सहीत ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट प्रस्ताव गरेको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।

प्रस्तुत बजेटमा कृषि प्रर्वद्धनात्मक कार्यक्रम तर्फ ७२ लाख ६१, कोदोको विस्कुट उद्योग सञ्चालनका लागि नगर प्रमुख उद्यम विकास कार्यक्रम अन्र्तगत २० लाख लघुउद्यम विकास तर्फ २७ लाख, पर्यटन तर्फ १६ लाख ७० हजार, वित्तिय सहकारी प्रवद्र्धनमा १४ लाख ४२ हजार रुपैया विनियोजन गरेको छ ।

सिचाँइ कुला निर्माण तर्फ मर्मत तर्फ ६० लाख ४० हजार, पशुपन्छी तर्फ ४५ लाख ७३ हजार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ सहीत सामाजिक विकास तर्फ १७ करोड ३७ लाख ८३ हजार, लैगिक समानता तथा सामाजिक समावेशीकरण एवं संरक्षण तर्फको शिर्षकमा १ करोड ३० लाख ३ हजार ४ सय, युवा तथा खेलकुदमा २० लाख ४१ हजार बजेट विनियोजन गरेको छ ।

बडीमालिकाले भौतिक पूर्वाधार विकास शिर्षकमा ९ करोड ४८ लाख ९ सय ५ सय रुपैया विनियोजन गरेको छ । त्यसमा यातायात तथा सडक, उर्जा, भवन तथा शहरी विकास शिर्षक राखेको छ । वन वातावरण तथा विपद व्यवस्थापन एवं शुसासन अन्तर सम्बन्धीत कार्यक्रम १ करोड २३ लाख ६ हजार बजेट विनियोजन गरेको छ । बडीमालिकाले सबै वडालाई प्रविधीमैत्री सेवा प्रवाह गर्ने गरि बजेट विनियोजन गरेको छ ।

वातावरण तथा जलवायु अन्तर सम्बन्धीत क्षेत्र शिर्षकमा १ करोड २३ लाख ६ हजार, कार्यालय सञ्चालन तथा प्रशासनीन खर्च तर्फ १४ करोड ४८ लाख ३९ हजार बजेट विनियोजन गरेको छ । बडीमालिकाको उत्पादनको बजारिकरण र जनताको जीवन स्तर सुधारका लागि पालिकाले बजेट केन्द्रीत गरेको प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

बडीमालिका नगरपालिकाले कला साहित्य, सँस्कृति र भाषा संरक्षणलाई स्थान दिने र निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा आधारभुत स्वास्थ्य सेवाको सहजताका लागि पनि बजेट विनियोजन गरेको छ । बडीमालिका, वीरे झरना, मालिका मन्दिर कालाजाग्रा क्षेत्रको प्रवद्र्धन र विकासमा पनि लगानी बढाएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

पालिकाले स्थानीय पाठ्य पुस्तक र शैक्षिक सामाग्री निर्माण र शैक्षिक सुधारका लागि अलग्गै संयन्त्र बनाएर काम अघि बढाउने, सबै नागरिकलाई स्वास्थ्य विमा अनिवार्य गराउने, सबैजसो विद्यालयमा इहाजिरी प्रविधी जडान गर्ने नीति लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार