सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जब प्रकृती बर्षिन्छ कती सुन्दर लाग्छ

जब प्रकृती बर्षिन्छ कती सुन्दर लाग्छ

  • आइतवार, असार १०, २०८०
जब प्रकृती बर्षिन्छ कती सुन्दर लाग्छ

सुरेशकुमार पाण्डे –   गजल!

जब प्रकृती बर्षिन्छ कती सुन्दर लाग्छ,
बर्षातमानै मिसिएर पौडिने रहर लाग्छ।

स्वर्गतुल्य छ देश बिभिदताले भरिएको,
बिभिदता भरिएको धर्ती र सगर लाग्छ।

मुटुपिरो त हुन्छ नेताको वेइमानी देखी,
जब अखबारमा दलालीको खबर हुन्छ।

राजनेताले राजनीति गर्न जानिन् याहाँ,
त्यसैले त देश बिदेशमै सधै निर्भर हुन्छ।

सानोतिनो पेसा स्वदेशभित्रै हुन्थ्यो भनी,
एक ढिक्का बनेको हाम्रो गाउँ घर हुन्छ।

के छैन बिकासको नियत बाहेक देशमा,
यही सोंचेर सधैभरी यो मन परपर हुन्छ।

 २५-०६-२०२३

चर्चामा

सम्बन्धित समाचार