बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकाका नागरिकहरुलाई निशुल्क एम्बुलेन्स सेवा

हिमाली गाउँपालिकाका नागरिकहरुलाई निशुल्क एम्बुलेन्स सेवा

  • आइतवार, असार १०, २०८०
हिमाली गाउँपालिकाका नागरिकहरुलाई निशुल्क एम्बुलेन्स सेवा

बाजुरा– हिमाली गाउँपालिकाले नीति तथा कार्यक्रममा  गाउँपालिकाका नागरिकहरुलाई निशुल्क एम्बुलेन्स सेवा सुचारु गर्ने भएकाे छ । त्यसै गरी  अपाङ्गता भएका व्यक्तिहरु र छोरीहरुलाई प्राथमिकतामा राखेको छ । पालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अपाङ्गता भएका बालबालिका र र पाठेघर खसेका महिलाको उपचार पालिकाले आफै गर्ने उल्लेख गरेको छ ।

पाठेघर खसेका महिला र अपाङ्गता भएका बालबालिकाको उपचार गाउँपालिकाले गरिदिने नीति पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताएका छन् । पालिकाले यसै आर्थिक वर्षबाट कृषी एम्बुलेन्स सञ्चालन गर्ने, कक्षा १२ सम्म कुनै प्रकारको शुल्क नलिने, उच्च शिक्षा हासिल गरेर मात्र कानुनी रुपमा उमेर पुगेर बिबाह गर्ने छोरीलाई सम्मान सहित पुरस्कारको ब्यबस्था गर्ने नीति पारित गरिएको पालिका अध्यक्ष गोविन्द्र मल्लले बताएका छन् ।

बिपदको समयमा गाउँपालिका भित्रका सडकहरु सुचारु गर्नु भ्याकु डोजर सञ्चालन गर्ने, कडा रोग भएका बिरामीको उपचार सहयोग गर्ने, बिच्छ्या सडक सन्जालमा जोड्न सबै निकाय सँग समन्वय गर्ने गाउँपालिकाले बजेट ब्यबस्थापन गर्ने नीति लिएको छ । सबै भन्दा दुर्गम गाउँ गुम्बामा स्वास्थ्य संस्था सञ्चालन गर्ने, पालिका भरि भूगोललाई ध्यानमा राखेर थप ४ ओटा बर्थिङ सेन्टर स्थापना गर्ने, एकल पुरुष भत्ता ब्यबस्थापन गरिनेनीति कार्यक्रममा समेटिएको पालिका उपाध्यक्ष राजकला सार्कीले बताएकी छन् ।

राजस्व संकलनमा डिजिटलाइजेसन गर्ने, सबै बिध्यालयमा ईन्टरनेट जडान र धुलाचौरलाई नमुना बजारीकरण अगाडि बढाउने नीति लिएको छ । जडिबुटी फलफूल र बन पैदावरबाट उत्पादन हुने बस्तु सग सम्बन्धित उद्योगको सुरुवात गर्ने, कुवाडी धुलाचौर र्याफ्टिङ सेवा सुचारु गर्न अध्ययन गर्ने नीति पारित गरेको छ । पालिकाले धुलाचौर रारा. बुढीनन्दा र रानीसैन पर्यटन रुट विकास गर्ने, कृषी अनुदान उपलब्ध गराउने, गाउँ पालिका स्तरीय औद्योगिक ग्राम र कोल्ड स्टोर निर्माण र गाउँ पालिका स्तरीय प्रसुती गृह सञ्चालन गर्ने नीति अघि सारेको छ ।

चर्चामा

सम्बन्धित समाचार